PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि ने क पाको बैठक स्थगित



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि ने क पाको बैठक स्थगित

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक स्थगित भएको छ।

आज तीन बजे बोलाएको बैठक चार बजेका लागि सारिएको थियो। तर, चार बजे पनि बैठक बस्न सकेन।

'प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम भयो। उहाँलाई ज्वरो आएको छ,' ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'अनौपचारिक छलफल भयो। बैठक भोलि (शुक्रवार) ३ बजे बस्ने छ।'

ने क पाको एकताका बाँकी काम टुङ्ग्याउन भन्दै आयोजना गरिएको बैठक पटक पटक स्थगित गर्दै आएको छ।

साउन १३ गते बसेको सचिवालय बैठकले गृहकार्यका लागि भन्दै १५ दिन बैठक स्थगित गरेको थियो। २८ गते बोलाइएको बैठक २९ गतेका लागि सारियो। २९ गतेको बैठक पनि आज ३० गतेका लागि सारिएको थियो।

बैठकका लागि बालुवाटारमा सचिवालय सदस्यहरु पुगेका थिए।

त्यसअघि बालुवाटारमै ने क पाका दुई अध्यक्षहरु ओली  र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

यो पनि

पूर्व एमालेबीचको असहमतिपछि ने क पाको बैठक स्थगित, १५ दिनको गृहकार्य किन भयो अपुग?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell