PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउँछ : नेपाली कांग्रेस



नेत्र तामाङ

उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउँछ : नेपाली कांग्रेस

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीको पक्षमा आउने गरी तयारी गरिरहेको बताएका छन्।

आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले उक्त भनाई राखेका हुन्।

वर्तमान सरकारप्रति सरकारको वितृष्ण देखिएकोले आउँदो जनमत कांग्रेसको पक्षमा आउने उनले दाबी गरे। 'नागरिकमा जुन किसिमको वितृष्णा देखिएको छ। सडक र सामाजिक सञ्जालबाट जनताको धारणा आउँदैछ। सरकारप्रति अविश्वास पैदा भइरहेको छ। सरकारको अलोकप्रियता बढेको बेला यही व्यवस्थाबाटै हामी अघि बढ्छौ,' प्रवक्ता शर्माले भने, 'हामी मनोवैज्ञानिक रुपमा तयार छौ। दुई वर्ष पुग्दैछ। यो जनमत सरकारभन्दा बाहिरको दलले पाउँछ। त्यसमा कांग्रेसको पक्षमा आउने गरी हाम्रो तयारी छ।'

उम्मेद्वार छनोटको चरणमा भने कांग्रेस प्रवेश गरि नसकेको उनले बताए।

प्रतिनिधिसभामा एक सिटसहित ५० पदमा मंसिर १४ गते उपनिर्वाचन, कहाँ कहाँ हुँदैछ चुनाव?

सरकार सिंगापुरबाट नचलाउन प्रधानमन्त्री ओलीलाई चेतावनी

कांग्रेस प्रवक्ता शर्माले हालै बसेको मन्त्रिपरिषद्को कन्फ्रेन्स बैठकको समेत विरोध गरे। देशमा कार्यवाहक प्रधानमन्त्री हुँदा हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट बैठकको नेतृत्व गर्नु हरेक किसिमले अनुचित भएको दाबी गरे।

बैठक चार कारणले अनुचित भएको उल्लेख गर्दै प्रवक्ता शर्माले भने, 'कार्यवाहक प्रधानमन्त्री हुँदाहुँदै दुई जना प्रधानमन्त्री देखिए। यो कस्तो अभ्यास हो? टेलिकन्फ्रेन्सको गोपनियताको बारेमा किन ख्याल गरिएन? गोपनियता सार्वजनिक हुन सक्छ। यो त सर्वभौम राष्ट्रको गोपनियता कायम राख्नुपर्ने हो। अर्को यसलाई नजिर मानेर सभामुखले दक्षिण अफ्रिका पुगेर माननीय सदस्यज्यु भनेर लाइभबाट कार्यक्रम थाले के होला? प्रधानन्यायाधीस ब्राजिल पुगेर इजलास हेर्न थाले के होला? कार्यसम्पादनमा सम्झौता गरेर सचिवको सरुवा गरेर के गर्न खोजेको ठी देखिएन।

बैठक स्थगित भएपछि पत्रकार सम्मेलन, निरास हुँदै फर्के देउवा

आज बस्ने तय भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नभएपछि स्थगन भयो। बैठक स्थगितबारे जानकारी दिन प्रवक्ता शर्माले पत्रकार सम्मेलन गरेका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नभएपछि बैठक स्थगन भएको हो। नेता पौडेल अस्वस्थ भएका कारण समितिको बैठकमा उपस्थित नभएकाले बैठक स्थगन भएको बताइएको छ।

नेता पौडेललाई इन्डोस्कोपी गरिएकोले आराम गरिरहेको बताइएको छ। बैठक भोलि दिउँसो २ बजेका लागि सारिएको छ। यद्यपि नेता पौडेल स्रोतले भने बैठकको पूर्ण तयार नभएकाले असन्तुष्टि जनाउँदै पौडेल बैठकमा अनुपस्थित भएको दाबी गरेको छ।

वरिष्ठ नेता पौडेल बैठकमा उपस्थित नभएपछि पार्टी सभापति शेरबहादुर देउवा निराश हुँदै फर्किएका थिए।

भोलिको बैठकमा नेपाल विद्यार्थी संघ, जनसम्पर्क समितिहरुका विषयमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell