PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

पेश भयो राष्ट्रिय सभामा बहुचर्चित नेपाल मिडिया काउन्सिल विधेयक



पहिलोपोस्ट

पेश भयो राष्ट्रिय सभामा बहुचर्चित नेपाल मिडिया काउन्सिल विधेयक

काठमाडौं : सरकारले नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा बिहीवार पेश गरेको छ। सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश गरेका हुन्।

मन्त्री बाँस्कोटाले पत्रकार महासंघ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल भएको र विधेयकमा संशोधन गर्न सकिने बताए।

कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयक फिर्ता लिन माग गरेका थिए। उनले विधेयकको प्रस्तावनामा नै मिडिया काउन्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्ति लगायतका विषयमा पनि स्वायत्त व्यवहार नगरिएको भन्दै फिर्ता लिन माग गरेका थिए।

सञ्चारमन्त्री बाँस्कोटाले यो विधेयक एउटा प्रस्ताव मात्र भन्दै यसलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने बताएपछि सांसद अधिकारीले विरोधको सूचना फिर्ता लिएका थिए।

यो पनि पढ्नुहोस् : 

चार महिनादेखि रोकिएको मिडिया काउन्सिल विधेयक पेश हुँदै : यी हुन् संशोधनका शर्त, कसरी अघि बढ्छ प्रक्रिया?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell