PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

एटिएम ह्याक प्रकरण : ठमेलबाट तीन नेपाली पक्राउ



सविन ढकाल

एटिएम ह्याक प्रकरण : ठमेलबाट तीन नेपाली पक्राउ

काठमाडौं : एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप तीन जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले ठमेलमा रहेको डिस्को र नेपालय  मनिचेन्जरका देवनाथ लामिछाने सहित रोसन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको हो।

शनिवार माया मनोर बुटिक  होटेलबाट फरार भएका व्यक्तिहरुले मनिचेन्जरमा पुगेर २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेको देखिएपछि अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनीहरुले करिब आधा घन्टा मनिचेन्जरमा बसेर रकम सटही गरेको देखिएको छ।

यस्तै, परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

शनिवार दिउँसोदेखि प्रहरीले ह्याकर समूहका पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ।

सम्बन्धित समाचार-

त्यो ‘क्लु’ जसले होटलसम्म पुर्‍याएर पाँच चिनियाँ नागरिकसहित लुटिएको पैसा फेला पार्‍यो

सिस्टम ह्याक गरेर बैंक लुट्ने चिनियाँको 'मास्टर माइन्ड' को? नेपाली पनि संलग्न रहेको आशंका

चीनमै बन्यो नेपालमा 'बैंक लुट्ने' योजना : काठमाडौं झरेको २४ घण्टामा एक्सन, यसरी परे प्रहरी फन्दामा

चिनियाँ ह्याकरले झिकेको पैसा बैंक खातावालाको नभएको राष्ट्रबैकको दाबी, एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा नचल्ने

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell