PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

येँया:का लागि य:सिंलाई हनुमानढोका पुर्‍याइयो, २४ गते इन्द्रध्वजारोहण

येँया:का लागि य:सिंलाई हनुमानढोका पुर्‍याइयो, २४ गते इन्द्रध्वजारोहण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : येँया: (इन्द्रजात्रा) का लागि य:सिं लाई आज तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। बिहान ९ बजेर ३५ मिनेटको शुभ साइतमा य:सिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि पुर्‍याइएको हो।

य:सिंलाई तानेर लैजाने मार्गका सडकहरु बेलैमा नबन्दा यसपटक य:सिं तान्न निकै गाह्रो भएको स्थानीयले बताए।

सम्बन्धित समाचार:  येँया:का लागि मल्लकालीन प्रवेशद्वारमा यसरी पुर्‍याइयो य:सिं, हनुमानढोकामा कसले शुरु गर्‍यो य:सिं ठड्याउन?

अब भदौ २४ गते द्वादशीका दिन बिहान ९ बजेर १७ मिनेटमा हनुमानढोकामा पुर्‍याइएको य:सिंमा इन्द्रध्वज फहराएर ठड्याएसँगै आठ दिन लामो येँया: विधिवत रुपमा शुरु हुनेछ। त्यसदिन दिवंगतहरुको सम्झनामा पाल्चा बाल्दै उपाकु जाने गरिन्छ। त्यसै दिनदेखि मजिपा: लाखे, आजु, पुलुकिसी, सव:भक्कु नाच पनि प्रदर्शन हुन्छ।

भदौ २७ गते जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको रथयात्रा हुनेछ। 



ट्रेन्डिङ पोस्ट

Ncell