PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

जेलमा रहेका गुन्डा नाइकेसँग मिलेर फिरौती उठाएको अभियोगमा गृहमन्त्रीका भाइ पक्राउ



पहिलोपोस्ट

जेलमा रहेका गुन्डा नाइकेसँग मिलेर फिरौती उठाएको अभियोगमा गृहमन्त्रीका भाइ पक्राउ

काठमाडौँः हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा पक्राउ परेका छन्। नरेश गृहमन्त्री थापाका साँइला भाइ हुन्।

थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नियन्त्रणमा लिएको हो। 

‘फिरौती माग्न सहयोग गरेको देखिएकोले अनुसन्धानका लागि पक्राउ गरेका हौँ। थप अनुसनधान भइरहेको छ,’ ब्युरोका डिआइजी निरज शाहीले बताए। 

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा थुनामा रहेका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरेर फिरौती असुली गरेको अभियोग थापामाथि लगाइएको छ। बस्नेत अहिले केन्द्रीय कारागारमा थुनामा छन्।

जेलबाटै आपराधिक गतिविधि बढाएको भन्दै बस्नेतलाई केही समय मुस्ताङ कारागार समेत लगिएको थियो। केही समयपछि पुनः उनलाई काठमाडौँ नै ल्याइएको थियो। ०७४ असोजदेखि उनी जेलमा छन्। 

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिकै गोली हानी हत्या भएको थियो।

पढ्नुस्ः गुन्डा नाइके समीरमान बस्नेतलाई मुस्ताङ लगियो, चालचलन शंकास्पद देखिएपछि कारागार सरुवा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell