PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

सत्तारुढ दलका सांसद जीवनराम श्रेष्ठ फेरि पनि ओलम्पिक कमिटीको अध्यक्ष



पहिलोपोस्ट

सत्तारुढ दलका सांसद जीवनराम श्रेष्ठ फेरि पनि ओलम्पिक कमिटीको अध्यक्ष

काठमाडौं : नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा जित हासिल गर्दै जीवनराम श्रेष्ठ पुन: अध्यक्ष चुनिएका छन्। उनले उमेशलाल श्रेष्ठलाई पराजित गर्दै दोस्रो कार्यकाल सुरक्षित गरेका हुन्। जीवनरामले १७ मत ल्याउँदा उमेशलालको खातामा १० मतमात्र पर्‍यो। 

जीवनराम श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यसमेत हुन्।

त्यस्तै निलेन्द्रराज श्रेष्ठले पुरेन्द्र विक्रम लाखेलाई पराजित गर्दै महासचिवमा निर्वाचित भएका छन्। श्रेष्ठले १५ मत ल्याउदा लाखेले १२ मत ल्याएका हुन्। त्यस्तै, सचिवमा दीपकहर्ष बज्राचार्य, रामजी बहादुर श्रेष्ठ, तुलसी थापा सचिवमा विजयी भएका छन्। राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिवसमेत रहेका उसु संघका अध्यक्ष केशवकुमार विष्ट पराजित भएका छन्।

त्यस्तै उपाध्यक्ष्यमा ज्योती राणा, चतुरानन्द बैद्य, तेज गुरुङ्, अशोक बज्राचार्य र सुनिल श्रेष्ठ निर्वाचित भएका छन्। यता स‌ंवैधानिक निकाय नेपाल मुस्लिम आयाेगका अध्यक्षसमेत रहेका समिम मिया अन्सारी पराजित भए। त्यस्तै उनीसँगै राजीब श्रेष्ठ र पुष्पदास श्रेष्ठ पनि पराजित भए।

यस्तै सदस्यहरुमा दीर्घबहादुर केसी, प्रकाश शमशेर राणा, टासी घले, रमेश शिवाकोटी, गोपाल सुन्दरलाल कक्षपाती, होमबहादुर दोङ र राम अवाले  ओलम्पिक कमिटी सदस्यमा निर्वाचित भएका छन्। 

आज निर्वाचित सदस्यहरु

अध्यक्षः जीवनराम श्रेष्ठ

उपाध्यक्षः ज्योती राणा, चतुरानन्द बैद्य, तेज गुरुङ्, अशोक बज्राचार्य र सुनिल श्रेष्ठ

महासचिवः निलेन्द्रराज श्रेष्ठ

सचिवः दीपकहर्ष बज्राचार्य, रामजी बहादुर श्रेष्ठ, तुलसी थापा

सदस्यः  दीर्घबहादर केसी, प्रकाश शमशेर राणा, टासी घले, रमेश शिवाकोटी, गोपाल सुन्दरलाल कक्षपाती,  होमबहादुर दोङ, राम अवाले

सबै भन्दा बढि प्रतिस्पर्धा रहेको थियो ५ जनाको पद रहेको उपाध्यक्षमा ८ जनाको उम्मेद्वारी परेको थियो। उपाध्यक्षको उमेद्वारमा लन टेनिसकी ज्योति राणा, पौडीका अशोकमान बज्राचार्य, सुटिङका पुष्पदास श्रेष्ठ, ह्यान्डबलका तेज गुरुङ, फेन्सिङका सुनिल श्रेष्ठ, टेबल टेनिसका चतुरानन्दराज वैद्य, र्‍याफटिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ, कुस्तीका समिम मिया अन्सारी रहेका थिए।

त्यस्तै, त्यस्तै महासचिवमा कराँतेका पुरेन्द्र विक्रम लाखे र निलेन्द्रराज श्रेष्ठ चुनावी मैदानमा रहेका थिए।एनओसीको सचिवका लागि राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिवसमेत रहेका उसु संघका अध्यक्ष केशवकुमार विष्ट, संघीय सांसद तथा नेपाल कबड्डी संघकी प्रतिनिधि तुलसी थापा, जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ रहेका थिए।

२ जना निर्विरोध

११ सदस्यीय कार्य समितिमा २ जना निर्विरोध निर्वाचित भइसकेका छन्। जसमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिना र रतन टण्डन रहेका छन्। नेपाल एथ्लेटिक्स संघका प्रतिनिधि तिम्सिना उपमहासचिव र वेटलिफटिङ संघका प्रतिनिधि रतन टण्डन कोषाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। कोषाध्यक्ष र उपमहासचिवमा १/१ उमेद्वारी मात्र परेको थियो।

यो पनि पढ्नुहोस् :

ओलम्पिक कमिटीमा त्यस्तो के छ? जहाँ वहालवाला सांसददेखि संवैधानिक आयोग प्रमुख भिड्दैछन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell