
गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सिया माथि ५–२ को सहज जित निकालेको छ। बार्सिलोनाका लागि चोट पछि पुनरागमन गरेका लुइस स्वारेजले २ गोल गरेका थिए। खेलको २ मिनेट भित्रै गोल गर्दै अन्सुमान फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता लिएका थिए।
याे पनि पढनुहाेस: ला लिगाः १६ वर्षमै बार्सिलोनाका लागि गोल गर्ने को हुन फाटी?
फेरि ७ औं मिनेटमा डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। तर, २७ औं मिनेटमा भ्यालेन्सियाका केभिन गाइमेरोले गोल गर्दै खाता खोल्न सफल भए। पहिलो हाफमा भ्यालेन्सिया २–१ ले पछि परेको थियो।
दोस्रो हाफमा जेरार्ड पिकेले ५१ औं मिनेटमा तथा लुइस स्वारेजले ६१ औं र ८२ औं मिनेटमा गोल गर्दा बार्सिलोनाको खातामा ५ गोल पुगिसकेको थियो। यता भ्यालेन्सियाका लागि खेलको अन्तिम मिनेटमा गोमेजले सान्त्वना गोल गरेका थिए।
एथ्लेटिकोको अपराजित यात्रा रोकियो
रियाल सोलिडाडसँग पराजित भएसँगै एथ्लेटिको मर्डिडको अपराजित यात्रा रोकिएको छ।
गएराति भएको खेलमा मर्डिड २–० ले पराजित भयो। खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए। रियालका लागि खेलको ५८ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै रियाललाई अग्रता दिलाए। फेरि, ६१ औं मिनेटमै नाचो मोनोरिलले दोस्रो गोल थपे। यता एथ्लेटिकोले गोल फर्काउन सकेन।
लेभान्टेमाथि मर्डिडकाे जित
स्पेनिस ला लिगामा गएराति भएको खेलमा रियाल मर्डिडले लेभान्टेमाथि ३–२ को जित निकालेको छ।
प्रतिस्पर्धात्मक खेलमा मर्डिडले पहिलो हाफमै ३ गोलको अग्रता बनाएको थियो। मर्डिडका लागि बेन्जेमाले २ गोलको योगदान दिएका थिए। उनले खेलको २५ औं र ३१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै कासेमिरोले खेलको ४० औं मिनेटमा गोल गर्दा मर्डिडले ३–० को अग्रता बनाइसकेको थियो।
तर, खेलको दोस्रो हाफमा भने लेभान्टेले खेलमा फर्कन अथक प्रयास गरेको थियो। खेलको ४९ औं मिनेटमा मायोरल तथा ७५ औं मिनेटमा मेलेरोले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काउने प्रयास गरेका थिए। यद्यपि, खेल भने मड्रिडले जित्न सफल रह्यो।
एथ्लेटिको अंक तालिकाको शीर्ष स्थानमा
जारी सिजमा ४ खेल खेल्दा एथ्लेटिको मर्डिड अंक तालिकाको शीर्ष स्थानमा छ। ४ खेलमा ३ जित र १ पराजय सहित एथेटिकोको ९ अंक रहेको छ। त्यस्तै ४ खेल मध्य २ जित र २ बराबरी खेलेको रियल मर्डिड तालिकाको दोस्रो स्थानमा छ। रियलको ८ अंक रहेको छ। समान ८ अंक नै रहेको एथलेटिक क्लबले पनि ४ खेलमा २ जित र २ बराबरी गर्दै तालिकाको तेस्रो स्थानमा छ। बार्सिलोनमा भने २ खेलमा जित १ खेलमा बराबरी र १ खेलमा पराजय भोग्दै ७ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ।