PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

कृषि विकास बैंक लुट प्रकरणः तीन कर्मचारीले आफ्नो 'युजर' प्रयोग गरेर रकम झिके



पहिलोपोस्ट

कृषि विकास बैंक लुट प्रकरणः तीन कर्मचारीले आफ्नो 'युजर' प्रयोग गरेर रकम झिके

काठमाडौः  कृषि विकास बैंकका लहानस्थित कर्मचारीले अवैध रुपमा पैसा झिकेर प्रयोग गरेको पाइएको छ। बैंकको आयव्यय विवरणमा रहेको नाफा रकममध्ये ४ करोड रुपैयाँ उनीहरुले आफ्नो र परिवारको विभिन्न खाताहरुमा सारेको पाइएको छ।

४ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ उनीहरुले झिकेका छन्। उनीहरुले नौ/नौ लाख रुपैयाँका दरले २ करोड रुपैयाँ झिकेको फेला परेको छ।

अचानक नौ/नौ लाख रुपैयाँका दरले पैसा झिकिएपछि बैंक व्यवस्थापनले निगरानी बढाएको थियो। गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले पैसा झिक्ने कर्मचारीहरुलाई पक्राउ गरिसकेको छ।

तीन जना कर्मचारीहरुको 'युजर' प्रयोग भएको छ। बैंकले आफ्नो 'सफ्टवेयर' भित्र छिर्नका लागि कर्मचारीहरुलाई ब्यक्तिगत 'युजर' र 'पासवर्ड' दिन्छ। आफ्नो ब्यक्तिगत युजर प्रयोग गरेर मात्र बैंकको प्रणालीभित्र छिर्न सकिन्छ।

प्रणालीभित्र छिरेपछि उनीहरुले बैंकको नाफा/घाटा खातामा जम्मा भएको रकमलाई आफ्नो खातामा सारेका हुन्। उनीहरुले सात वटा खाताबाट पैसा झिकिसकेका छन्। कुल कति वटा खातामा पैसा जम्मा गरे भन्ने चैं खुल्न सकेको छैन।

नेपाल राष्ट्र बैंकले हिजै अनौपचारिक रुपमा जानकारी पाइसकेको छ। आज बिहान राष्ट्र बैंकले कृषि विकास बैंकका कर्मचारीसँग छलफल गर्दैछ।

'आफ्नो खातामा रकम सारेर झिक्दै गर्दा तीन जनालाई नियन्त्रणमा लिएका छौँ। अन्य व्यक्तिहरुको खोजी भइरहेको छ,' प्रहरीका एक उच्च अधिकारीले भने। काठमाडौंबाट पक्राउ परेका तीन जना नेपाली नै हुन्। उनीहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ। प्रहरीले ट्रान्सफर भएको रकम बाहिरिइ नसकेको जानकारी दिएको छ।

'उनीहरुले रकम ट्रान्सफर मात्र गरेका हुन्। रकम झिकिसकेका छैनन्' एक प्रहरी अधिकृतले भने। उनीहरुले ब्यक्तिको खाता भने चलाएका छैनन्। केही साताअघि चिनियाँहरुले विभिन्न बैंकको कार्ड प्रयोग गरेर साढे ३ करोड लुटेका थिए। यसको अनुसन्धान प्रहरीले गरिरहेको छ।

ह्याकरको निशानामा कृषि विकास बैंकः तीन करोड रकम व्यक्तिका खातामा ट्रान्सफर, पाँच जना पक्राउ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell