PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

ह्याकरको निशानामा कृषि विकास बैंकः तीन करोड रकम व्यक्तिका खातामा ट्रान्सफर, पाँच जना पक्राउ



सविन ढकाल

ह्याकरको निशानामा कृषि विकास बैंकः तीन करोड रकम व्यक्तिका खातामा ट्रान्सफर, पाँच जना पक्राउ

काठमाडौँः कृषि विकास बैंकको खातामा रहेको करिब तीन करोड रकम ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेको छ।

बैंकको सिस्टम ह्याक गरेर विभिन्न व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको हो। बैंकबाट करिब ३ करोड रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्सफर भएको छ। खातामा रकम ट्रान्सफर गरेर झिक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं लगायत अन्य जिल्लाबाट उनीहरुलाई नियन्त्रणा लिएको हो।

'आफ्नो खातमा रकम सारेर झिक्दै गर्दा पाँच जनालाई नियन्त्रणमा लिएका छौँ। अन्य व्यक्तिहरुको खोजी भइरहेको छ' प्रहरीका एक उच्च अधिकारीले भने।

काठमाडौंबाट पक्राउ परेका सबै नेपाली नै हुन्। उनीहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ। प्रहरीले ट्रान्सफर भएको रकम बाहिरी नसकेको जानकारी दिएको छ।

'उनीहरुले रकम ट्रान्सफर मात्र गरेका हुन्। झिकिसकेका छैनन्' एक प्रहरी अधिकृतले भने। महानगरीय अपराध महाशाखाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

भदौ १५ गतेमा प्रहरीले एटिएम ह्याक गरी रकम झिक्ने चाइनिज नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

चीनमै बन्यो नेपालमा 'बैंक लुट्ने' योजना : काठमाडौं झरेको २४ घण्टामा एक्सन, यसरी परे प्रहरी फन्दामा

ह्याकरको निशानामा नेपाली बैंक, सिस्टम ह्याक गरेर एटिएमबाटै निकाले पाँच करोड

प्रहरीबाट बच्‍न हेलिकप्‍टर नै चार्टर ! : अन्दाज गर्नुस् एटिएम लुटका लागि कतिसम्म थियो तयारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell