PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

क्यान निर्वाचन : १७ पदका लागि २९ जनाको उम्मेद्वारी, ६ जना निर्विरोध



पहिलोपोस्ट

क्यान निर्वाचन : १७ पदका लागि २९ जनाको उम्मेद्वारी, ६ जना निर्विरोध

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको निर्वाचनको लागि आज निर्वाचन हुँदैछ। निर्वाचनका लागि आजै उम्मेद्वारी समेत दर्ता भएको छ। १७ सदस्यीय क्यान नेतृत्वका लागि २९ उम्मेद्वारी परेको छ। अध्यक्ष पदका लागि विनयराज पाण्डे र चतुर बहादुर चन्द प्यानलसहित निर्वाचनमा उत्रिएका छन्।

उपाध्यक्षमा राजुबाबु श्रेष्ठ र मिङ्मा डान्डु शेर्पा, महासचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनाली, कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेद्वारी रहेको छ।

प्रदेश १ सदस्यमा लाक्पा लामा र कैलाश विष्ट तथा प्रदेश ३ सदस्यमा अमितवीर पाण्डे र कैलाश प्रधानको उम्मेद्वारी परेको छ।

अन्य प्रदेश सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेमा प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट  हुन्। यस्तै जयन्ती भट्ट महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।

यस्तै खुला सदस्यमा ११ जनाको उम्मेद्वारी परेको छन्। जसमा अर्जुन पौडेल, वीरेन्द्र बहादुर चन्द, धिरेन्द्र साउद, दुर्गाराज पाठक,जगत बहादुर टमटा, करन महोत्रा छेत्री, माधव कुमार कर्माचार्य, नरेश राणा, पवन कुमार अग्रवाल, प्रफुल्ल बैद्य र संजय राज सिंहले खुला सदस्यमा उमेद्वारी दिएका हुन्।

निर्वाचनमा ५९ जनाले मतदान गर्दैछन्। निर्वाचनको नतिजा घोषणा ३:४५ देखि ४ बजेसम्म गरिने कार्य तालिकामा उल्लेख गरिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell