PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

भारत पाकिस्तान क्रिकेट सिरिज, गांगुली भन्छन् : दुई देशका प्रधानमन्त्रीले यसको निर्णय गर्नेछन्



पहिलोपोस्ट

भारत पाकिस्तान क्रिकेट सिरिज, गांगुली भन्छन् :  दुई देशका प्रधानमन्त्रीले यसको निर्णय गर्नेछन्

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) का अध्यक्ष बन्ने निश्चित प्रायः भएका सौरभ गांगुलीले पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने या नखेल्ने भन्ने निर्णय भारत र पाकिस्तानका प्रधानमन्त्रीले गर्ने बताएका छन्।

गांगुलीले अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सरकारको सहमति आवश्यक भएको बताए। उनले कोलकातामा पत्रकारहरुसँग कुरा गर्दै भारत र पाकिस्तानबीचको सिरिज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मात्रै तय गर्न सक्ने उनले बताए।

'भारत र पाकिस्तान क्रिकेट सिरिजको सवाल तपाईंहरु प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई सोध्नुहोस्,' गांगुलीले अगाडि भनेका छन्, 'सरकारको सहमतिबिना अन्तर्राष्ट्रिय कार्यक्रमहरु हुन सक्दैन।'

गांगुली बिसिसिआईको अध्यक्ष हुने पक्का, को हुन् उनी?

गांगुली २३ अक्टोबरबाट आधिकारिक रुपमा बीसीसीआईको अध्यक्षका रुपमा मनोनीत हुँदैछन्। उनीसँग अरु कसैले अध्यक्षका लागि उम्मेद्वारी नदिएकाले गांगुली बिसिसिआईको अध्यक्ष बन्ने निश्चित छ।

गांगुलीको कप्तानीमा पछिल्लो भारत पाकिस्तान सिरिज

अहिले बिसिसिआईको अध्यक्ष बन्न लागेका सौरभ गांगुलीको कप्तानीमा भारत र पाकिस्तानबीच सन् २००४ मा क्रिकेट सिरिज भएको थियो। पाकिस्तानमा भएको उक्त सिरिजमा भारतले जित हात पारेको थियो।

सन् १९८९ पछि भारत र पाकिस्तानले पहिलो पटक सन् २००४ मा सिरिज खेलेका थिए। त्यतिबेला भारतले ५ वन डे सिरिज ३–२ ले जितेको थियो भने तीन टेस्टमा २–१ ले हात पारेको थियो।

पछिल्लो पटक पाकिस्तानी टिम सन् २०१२ मा द्विपक्षीय खेल भएको थियो। त्यतिबेला पाकिस्तान ३ वन डे र २ टी २० खेल्न भारत पुगेको थियो। उक्त सिरिजमा टी २० मा सिरिज १/१ को बराबरीमा रोकिएको थियो भने वन डे सिरिज पाकिस्तानले २–१ ले जितेको थियो।

बिसिसिआईले माग गरेको थियो पाकिस्तान क्रिकेटमाथि प्रतिबन्ध

फेब्रुअरीमा बिसिसिआईले आइसिसीलाई पत्र लेख्दै पाकिस्तानको क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाउन माग गरेको थियो। भारतले पाकिस्तानमाथि आतंकवादलाई संरक्षण गरेको आरोप लगाउँदै पाकिस्तानसँगको सम्बन्ध टुंग्याउन माग गरेको थियो।

पत्रमा विश्वकपमा समेत खेलाडीको सुरक्षा चासो देखाउँदै चिन्ता जनाइएको थियो। यद्यपि, आइसिसीले पाकिस्तानलाई विश्वकपबाट बाहिर भने गरेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell