PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

फलो अप : बहुविवाहको केसमा समातिएका प्रविनबाबुलाई ५ दिनको हिरासत अनुमति



पहिलोपोस्ट

फलो अप : बहुविवाहको केसमा समातिएका प्रविनबाबुलाई ५ दिनको हिरासत अनुमति

काठमाडौं : प्रहरीले मेलमिलापमा सुल्टाउन खोजेको बहुविवाहको केस मिडियाबाट सार्वजनिक भएपछि म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरले प्रविनबाबु ढकालविरुद्ध बहुविवाहको केसमा पाँच दिनको म्याद थप गरेको हो।

'बुहुविवाहमा मेलमिलाप गर्न हुँदैन। पाँच दिनको म्याद थप गरिसकेका छौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले भनिन्।

ढकालले गत चैत २९ गते बहुविवाह गरेको प्रमाणसहित उनकी जेठी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले उजुरीको आधारमा ढकाललाई बुधवार बिहान पक्राउ गरेको थियो। त्यसपछि भने प्रहरीले मेलमिलाप गर्न पीडित पक्षलाई आग्रह गरेको थियो।

के भएको थियो घटना? बुझ्नका लागि पढ्नुस् :

पहिलो पत्नीले बहुविवाहको उजुरी गर्दा दोस्री पत्नीसँगको डिभोर्सपत्र : मिलापत्रतिर पुलिसको ध्यान!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell