A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.695473fdbbaf98.31396384): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.695473fdbbaf98.31396384,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.695473fdec2045.39195476): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.695473fdec2045.39195476,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सर्फराज अहमदलाई पिसिबीले कप्तानबाट हटायो, टी-२० मा बाबर आजम र टेस्टमा अजहर अली कप्तान
PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

सर्फराज अहमदलाई पिसिबीले कप्तानबाट हटायो, टी-२० मा बाबर आजम र टेस्टमा अजहर अली कप्तान



पहिलोपोस्ट

सर्फराज अहमदलाई पिसिबीले कप्तानबाट हटायो, टी-२० मा बाबर आजम र टेस्टमा अजहर अली कप्तान
तस्बिर: पिसिबी

पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान क्रिकेट टिमका सर्फराज अहमदलाई कप्तानबाट हटाएको छ। श्रीलंकासँगको सिरिजलगायत पछिल्ला खेलमा हार र खराब फर्मबाट गुज्रिरहेका ३२ वर्षे सर्फराज अहमदलाई पिसिबीले कप्तानबाट हटाएको हो।

पिसिबीले सन् २०१९/२० को लागि पाकिस्तानको टेस्ट फर्म्याटमा अजहर अलीलाई कप्तान नियुक्त गरेको छ। त्यस्तै अस्ट्रेलियामा हुने टी-२० विश्वकप लगायत अन्य टी-२० मा बाबर आजमले कप्तानी गर्नेछन्।

यसअघि नै पाकिस्तानका पूर्व खेलाडीहरु जहिर अब्बास, मोहसिन खान तथा शाहीद अफ्रिदीले पनि कप्तान सर्फराज अहमेदलाई कप्तानीबाट हटाउनु पर्ने अभिव्यक्ति दिएका थिए।

इङ्ल्यान्डमा भएको आइसिसी विश्वकप २०१९ यता पाकिस्तानी क्रिकेट टिमको प्रदर्शन खस्किँदै गएको भनेर आलोचना हुँदै आएको थियो। त्यतिबेला पनि सर्फराजको राजीनामा माग गरिएको भए पनि पाकिस्तान क्रिकेट बोर्डले विकेटकिपर तथा ब्याट्सम्यान सर्फराज अहमेदलाई श्रीलंका विरुद्धको टी-२० सिरिजमा मौका दिएको थियो। तर, श्रीलंकाको महत्वपूर्ण खेलाडीहरुविनै उत्रिएको टिमले पाकिस्तानलाई क्लिन स्विप गर्‍यो। त्यसयता पाकिस्तानी टिम अझ आलोचित भएको थियो। यतिमात्र होइन खेलाडीहरु समर्थकको निसानामा पर्ने भन्दै सुरक्षामा पनि चासो बढाइएको थियो।

कप्तानमा नियुक्त भएसँगै अजर अलीले कप्तानको भूमिका निर्वाह गर्न पाउनु सम्मानको विषय भएको बताएका छन्। 'पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमको कप्तान हुन पाउनु मेरो लागि सम्मानको विषय हो,' अजहर अलीले भनेका छन्।

त्यस्तै टी-२० मा कप्तान बनेका बाबर आजमले पाकिस्तानको टी-२० क्रिकेटलाई अघि बढाउनु आफ्नो दायित्व भएको प्रतिकृया दिएका छन्।

'मेरो उत्तरदायित्व सर्फराज अहमदले हात पारेका उपलब्धिलाई अझ अघि बढाउने हो। ताकी हामी अझ दिगो, आकर्षक र शक्तिशाली पक्षमा कायम रहन सकौ‌ं,' उनले भनेका छन्।

त्यस्तै पाकिस्तानको संसदमा पनि सर्फराजसँग कप्तानीबाट राजीनामा दिन माग गरिएको थियो। पाकिस्तानको पन्जाब प्रान्तको विधानसभामा कप्तान सर्फराज अहमेदलाई पाकिस्तानको क्रिकेट टिमको कप्तानबाट हटाउनु पर्ने प्रस्ताव आएको थियो। प्रस्ताव पाकिस्तानका मुस्लिम-लिग-नवाजका विधायक इकबाल जहिरले दर्ता गरेका थिए। प्रस्तावमा 'गहिरो अफसोस' व्यक्त गरिएको छ।

टी २० मा शीर्ष टिम पाकिस्तानले सन् २०१९ मा ७ टी-२० खेल खेलेको छ। जसमा ६ खेल हार्दा एउटा खेलमा मात्रै जित हासिल गरेको छ। अघिल्लो वर्ष पाकिस्तानले १९ खेल खेलेकोमा १७ जित हात पारेको थियो। त्यस्तै सन् २०१७ मा १० खेलमा ८ जित हात पारेको थियाे।

यो पनि पढ्नुहोस् :

पिसिबीका अध्यक्ष चाहन्छन्- कप्तान सर्फराजले टेस्टको कप्तानीबाट राजीनामा दिउन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell