PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सन्दीप लामिछाने 'द हन्ड्रेड'मा ओभल इन्भिन्सिबल्सबाट खेल्ने, पाउनेछन् एक लाख पाउन्ड



पहिलोपोस्ट

सन्दीप लामिछाने 'द हन्ड्रेड'मा ओभल इन्भिन्सिबल्सबाट खेल्ने, पाउनेछन् एक लाख पाउन्ड

नेपाली स्पिनर सन्दीप लामिछाने 'द हन्ड्रेड'मा छानिएका छन्।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने प्रतियोगितामा लामिछाने ओभल इन्भिन्सिबल्सबाट खेल्ने भएका हुन्। लामिछानेले १ लाख पाउन्ड पारिश्रमिक पाउनेछन्।

विश्वका अधिकांश ठूला फ्रेन्चाइज लिग खेल्दै आएका लामिछानेले यसपटक सर्वाधिक पारिश्रमिकमा द हन्ड्रेड खेल्न लागेका हुन्। उनी अबुधावीमा हुने टी १० लिगका लागि पनि कर्नाटकाबाट भर्खरै अनुबन्धित भएका थिए।

'द हन्ड्रेड' क्रिकेट १०० बलको आक्रामक क्रिकेट हो। महिला र पुरुष दुवै विधामा हुने यस प्रतियोगितमा विश्वभरबाट छानिएका खेलाडीहरु आठ टिममा बाँडिनेछन्। यो प्रतियोगितामा सम्मिलित टिमहरुमा बर्मिङ्गम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिनल, नर्थन सुपर चार्जर्स, ओभल इन्भिन्सिबल, साउथ्रन ब्रेभ, ट्रेन्ट रकेट्स, वेल्स फायर रहेका छन्।

इंग्ल्याण्ड र वेल्समा हुन गइरहेको यो प्रतियोगिता ५ हप्तासम्म चल्नेछ। सन्दीप रहेको ओभल इन्भिन्सिभल्समा जेसन रोय, सुनिल नारिन, फेबियन एलेन लगायतका खेलाडी रहनेछन्। 

सम्बन्धित समाचार

१०० बलको क्रिकेट प्रतियोगिता 'द हन्ड्रेड', फरक फर्म्याटमा अटाउलान् त सन्दीप?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell