PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सर्लाहीको कुमार पौडेल इन्काउन्टर 'फेक', प्रहरीले नियन्त्रणमा लिइ हत्या गर्‍यो : राष्ट्रिय मानव अधिकार आयोग



पहिलोपोस्ट

सर्लाहीको कुमार पौडेल इन्काउन्टर 'फेक', प्रहरीले नियन्त्रणमा लिइ हत्या गर्‍यो : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं : सुकुम्बासी मुद्दालाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय कुमार पौडेललाई प्रहरीले फेक इन्काउन्टरमा मारेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

कुमार पौडेलको मृत्युमाथि पहिलोपोस्टको विशेष कभरेज पढ्नुस् :

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्? - श्रृङ्खला -१

सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन - श्रृङ्खला -२

असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश - श्रृङ्खला -३

सर्लाहीका पौडेललाई फेक इन्काउन्टरमा मारेको जनाउँदै आयोगले घटनामा संलग्न प्रहरी निरीक्षक कृष्णप्रसाद साह र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी मुद्दा चलाउन निर्देशन दिएको छ। साथै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का उठाउँदा त्रुटिपूर्ण काम गरेको भन्दै सचेत गराउनसमेत निर्देशन दिएको छ।

साथै आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारी, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरुमाथि समेत अनुसन्धान गरी कानूनको दायरामा ल्याई कानून बमोजिम कार्वाही गर्न निर्देशन दिएको छ।

आयोगले विवादित यस घटनाहरुमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न विषयगत विशेषज्ञ सहितको टोली गठन गरी अनुसन्धान गर्ने व्यवस्था गरी अनुसन्धानको लागि छुट्टै संयन्त्रको निर्माण गर्न तथा कुनै पनि सुरक्षा निकायका कर्मचारीहरु कानून विपरीतका आदेशहरु कार्यान्वयन नगर्न स्वतन्त्र रहनसक्ने व्यवस्थालाई कानून मार्फत नै संरक्षित गर्न समेत सरकारलाई सिफारिस गरेको छ।

थप कभरेज पढ्नुस् :

कुमार पौडेल इन्काउन्टर प्रकरणः मानवअधिकार आयोगले ११ जना प्रहरीको बयान लियो, काठमाडौँबाट गएका दुई प्रहरीमाथि शङ्का

भाँचिएको हातले कसरी गोली चलायो? कुमार पौडेलको 'इन्काउन्टर'लाई लिएर सांसदको प्रश्न, 'गृह मन्त्रीको जवाफ गैरजिम्मेवार'

कुमार पौडेल मृत्युको मुचुल्कामा सही गरेका वडा अध्यक्षको यु टर्न, भने : दोहोरो भिडन्त भएकै थिएन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell