PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

एएफसी फुटसल क्वालिफायर्स : नेपालले उज्बेकिस्तानसँग खेल्ने



पहिलोपोस्ट

एएफसी फुटसल क्वालिफायर्स : नेपालले उज्बेकिस्तानसँग खेल्ने

एएफसी फुटसल क्वालिफायर्सको आजको खेलमा नेपालले उज्बेकिस्तानको सामना गर्दै छ। हिजो भएको समूह 'ए'को पहिलो खेलमा ताजकिस्तानसँग ६-० को फराकिलो अन्तरको पराजय भोगेको नेपालले आज उज्बेकिस्तानको सामना गर्न लागेको हो।

सन् २०२० मा तुर्कमेनिस्तानमा हुने फुटसलको छनोट अन्तर्गत जारी खेलमा नेपाल समूह 'ए'मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्।

त्यस्तै समूह 'बी' मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्।

सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह 'ए' मा ताजकिस्तान र उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेका छन्। हिजै भएको अर्को खेलमा उज्बेकिस्तानले अफगानिस्तानलाई ६–२ गोल अन्तरले पराजित गरेको थियो। नेपाल र अफगानिस्‍तान भने पहिलो खेलमै पराजित हुँदै अंकविहीन छन्।

नेपाल र उज्बेकिस्तानबीचको खेल आज दिउँसो साढे ३ बजे सुरु हुनेछ।

आजै हुने अर्को खेलमा अफगानिस्तान र ताजकिस्तानले प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै भोलिको पहिलो खेलमा नेपालले अफ्गानिस्तानसँग भिड्नेछ भने दोस्रो खेल उज्बेकिस्तान र ताजकिस्तानबीच हुनेछ।

सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि अहिले चार देशमा यसको छनोट प्रतियोगिता भइरहेको छ। दक्षिण पूर्वी एसियाको भियतनाममा, मध्य तथा दक्षिणको लागि इरानमा, पूर्वी एसियाको लागि चीनमा र पश्चिमी एसियाको लागि बहराइनमा छनोट प्रतियोगिता भइरहेको छ।

च्याम्पियनसिपमा तुर्कमेनिस्तानसहित १६ राष्ट्र क्वालिफाइ हुनेछन्। तुर्कमेनिस्तान भने आयोजक राष्ट्रका हैसियतले स्वतः छनोट भएको छ।

यो पनि पढ्नुहोस् :

एएफसी फुटसल च्याम्पियनसिप छनोट : नेपाल तजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell