PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चौरसियाको शरीरमा भेटियो ५ गोली, अग्रवाल दम्पति पक्राउ



राधेश्याम पटेल

चौरसियाको शरीरमा भेटियो ५ गोली, अग्रवाल दम्पति पक्राउ

वीरगन्ज : शुक्रवार मृत भेटिएका वीरगन्ज महानगरका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको शरीरमा ५ वटा गोली भेटिएको छ। शवको पोस्टमार्टमका क्रममा उनको शरीरमा ५ वटा गोली भेटिएको प्रहरीले बताएको छ।

वीरगन्ज-१६ नगवा निवासी ४० वर्षीय बुनिलालको शव शुक्रवार दिउँसो २ बजे नगवाको पोखरीको डिलमा तन्ना र प्लाष्टिकको बोरामा पोको पारिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले शव फेला पारी नारायणी अस्पतालमा गराएको पोस्टमार्टमबाट उनको हत्या भएको खुलेको हो। उनको टाउको र पेटमा दुई/दुई र एउटा गोली कम्मर भन्दा माथि हानिएको पोस्टमार्टममा संलग्न चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुले उनको शरीरिबाट २ वटा गोली निकालेका छन् भने ३ वटा गोली अझै निस्केको छैन।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले अग्नि नियन्त्रक चौरसियाको पोस्टमार्टको रिपोर्ट हाल आफू समक्ष नआएको तर चिकित्सक र प्रहरीको अनुसन्धानले गोली हानी हत्या भएको देखिएको बताए।

अग्नि नियन्त्रक चौरसियाको हत्याको घटनामा संलग्न रहेको आरोपमा वीरगन्ज-६ माइस्थानका व्यवसायी दिपककिशोर अग्रवाल र उनकी श्रीमति निधी अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धानको क्रममा प्रहरी अग्रवालको दम्पतीको घरमा खानतलासी गर्दा रगतको थोपा पनि फेला परेको प्रहरी अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।

अग्रवालकी श्रीमति निधीले चौरसियासँग १० लाख रुपैयाँ ऋण लिएको र त्यसैको ब्याजको पैसा दिन चौरसियालाई बिहीवार साँझ घरमा बोलाएको परिवारजनले बताएका छन्।

चौरसिया कार्यालयबाट अपरान्ह ४ बजेपछिको समयमा घरबाट निधी अग्रवालसँग ब्याजको भारु ३ लाख रुपैयाँ लिएर बजार निस्केको केही बेरमा सम्पर्क बनेको चौरसियाका सालो भाई देव चौरसियाले जानकारी दिए।

यो पनि पढ्नुहोस् :

प्लास्टिकमा भेटियो अग्नि नियन्त्रकको शव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell