PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरु बालुवाटारमा 'इन', प्रधानमन्त्री ओली भने 'आउट'



कुञ्जरमणि भट्टराई

मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरु बालुवाटारमा 'इन', प्रधानमन्त्री ओली भने 'आउट'
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकोमा यतिबेला बालुवाटारमा मन्त्रीहरु बैठकका लागि प्रवेश गरेका छन्।

मन्त्रीहरु बालुवाटार प्रवेश गर्दै गर्दा प्रधानमन्त्री ओली भने त्यहाँबाट बाहिरिएका छन्। बालुवाटार स्रोतले यसअघि प्रधानमन्त्री ओलीलाई आज मिर्गौलाको नियमित उपचारका लागि ग्रान्डी अस्पताल लैजाने तयारी रहेको जनाएको थियो।

तर, प्रधानमन्त्री अस्पताल नै गएका हुन् या अन्तै यसबारे जानकारी प्राप्त हुन सकेको छैन।

गत बुधबार प्रधानमन्त्री ओलीलाई उपचारका लागि ग्रान्डीमा भर्ना गरिएको थियो। ओली बिहीवार डिस्चार्ज भएका हुन्।

'प्रधानमन्त्रीलाई कस्तो छ?' डिस्चार्जपछि ओलीको बडी ल्याङ्गवेजबाटै यस्तो जवाफ, हेर्नुस् फोटोमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell