PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

'गो ब्याक इन्डिया' भन्दै सडकमा उत्रियो सत्तारुढ दलकै विद्यार्थी संगठन

'गो ब्याक इन्डिया' भन्दै सडकमा उत्रियो सत्तारुढ दलकै विद्यार्थी संगठन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभागलाई समावेश गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध प्रदर्शन गरेको छ।

अनेरास्ववियुले 'गो ब्याक इन्डिया' लेखेको ब्यानरसहित प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। प्रदर्शनमा सहभागीहरुले 'ब्याक अफ इन्डिया', 'लिपुलेक हाम्रो हो', 'भारतीय विस्तारवाद् मुर्दावाद', 'असमान सन्धीहरु खारेज गर्', 'कालापानी हाम्रो हो', 'मिचिएको हाम्रो भूमि फिर्ता गर्' जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित प्रदर्शन गरेका थिए।

जम्मू कश्मीर र लद्दाख औपचारिक रुपमा केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले गत शनिवार नयाँ नक्सा जारी गरेको छ। नक्सामा पाकिस्तान नियन्त्रित कश्मीर, आजाद जम्मू कश्मीरको केही स्थानका साथसाथै नेपालको भूभाग समेत राखिएको खुलासा भएको छ। भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुर (कालापानी र लिपुलेक) राखिएको छ।

भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राखेको भन्दै नेपालमा चर्को विरोध भइरहेको छ।

कालापानी नेपालकै भएको भन्दै परराष्ट्र मन्त्रालयले भन्यो : एक पक्षीय निर्णय मान्य हुँदैन



ट्रेन्डिङ पोस्ट

Ncell