PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एटिएम ह्याक गर्ने चिनियाँ ह्याकरलाई थुनामा, नेपालीसँग धरौटी माग



पहिलोपोस्ट

एटिएम ह्याक गर्ने चिनियाँ ह्याकरलाई थुनामा, नेपालीसँग धरौटी माग

काठमाडौं : एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका विदेशी नागरिकालाई थुनामा राख्न उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनको वाणिज्य इजलासले पक्राउ परेका चिनियाँ र फ्रेन्च नागरिकलाई थुनामा राख्न आदेश दिएको हो। 

चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई  थुनामा पठाएको हो। त्यस्तै पक्राउ परेका तीन नेपालीलाई भने धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ।

गएको भदौ १६ गते प्रहरीले ठमेलमा रहेको डिस्को र नेपालय मनिचेन्जरका देवनाथ लामिछाने सहित रोशन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको थियो। अदालतले लामिछानेसँग ३० लाख रुपैयाँ र प्रधान र दुवाडीसँग जनही २६ लाख रुपैयाँ मागेको छ। धरौटीमा रिहा भए पनि उनीहरुलाई विदेशी मुद्राको अपचलन गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान हुने भएकाले धरौटी बुझाए पनि रिहा हुने छैनन्।

प्रहरीले गत भदैमा पक्राउ परेका विदेशी नागरिकको साथबाट साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो।

सम्वन्धित समाचार

प्रहरीबाट बच्‍न हेलिकप्‍टर नै चार्टर ! : अन्दाज गर्नुस् एटिएम लुटका लागि कतिसम्म थियो तयारी

भाषा नबुझ्दा प्रहरीको अनुसन्धानमा अरुकै भर

फिल्मी शैलीको त्यो एक घण्टे 'र्‍यापिड एक्सन', जो करिव २० मिनेटमा होटेल पुगी ३० लाख रुपैयाँ लिएर फुत्किए!

चिनियाँ लुटेराको चलाखी कहाँ कहाँ? किन भारत नरोजी नेपालबाटै थाले लुट?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell