PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बागी फकाउन नेकपाले उडायो हेलिकप्टर, सदरमुकाममा ल्यान्ड नगर्दै सकियो उम्मेद्वारी फिर्ताको समय



कुञ्जरमणि भट्टराई

बागी फकाउन नेकपाले उडायो हेलिकप्टर, सदरमुकाममा ल्यान्ड नगर्दै सकियो उम्मेद्वारी फिर्ताको समय
फोटो: उजिर मगरको फेसबुकबाट

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले बाग्लुङ क्षेत्र २ को 'ख'मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्‍यो। तर शेरमान घर्तीमगर पार्टीको निर्णयविरुद्ध उत्रिए। केन्द्रले कार्यकर्ताको अपमान गरेको भन्दै उनले उम्मेदवारी दर्ता गरे।

नेकपाले राजमोका खिमविक्रम शाहीलाई सघाउने बताएको थियो।

वागी उम्मेदवार बनेपछि शेरमानले आफूले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने घोषणा गरे। तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नै पार्टीबाट उम्मेदवारी दिएको भए फिर्ता लिने बताएका थिए।

‘बाग्लुङमा जनमोर्चासँग तालमेल गर्ने निर्णय भएको छ। हाम्रो पार्टीका कसैले उम्मेदवारी दिएको भए भोलिपर्सि फिर्ता हुन्छ। अरू कोही हो भने मुकाविला गर्नुपर्ने हुन्छ,' प्रचण्डले भनेका थिए।

हेलिकप्टर पुग्दा सकिएको थियो समय

उमेदवारी फिर्ता लिने केही समय बाँकी रहँदा पोखराबाट शेरमानलाई लिन उत्तरगँगा माविको खेलमैदानमा हेली अवतरण गरेको थियो। त्यहाँ शेरमान नआइपुगेपछि हेलिकप्टर ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको 'होटल दरबार'को छतमा लगियो। त्यहीबाट उनलाई जिल्ला सदरमुकाममा उडाइएको पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरले जानकारी दिए।

तर शेरमान पुग्दा उम्मेदवारी फिर्ता लिने समय नै सकिएको थियो।

निर्वाचन आयोगले आज उम्मेदवारी फिर्ताका लागि १० बजेदेखि १ बजेसम्म समय तोकेको थियो। उक्त समयमा शेरमानले  उम्मेदवारी फिर्ता नभएको बाग्लुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले पहिलोपोस्टलाई बताए।

उनले भने, 'उहाँले फिर्ता लिने कुरा सुनिएको हो।  तर उम्मेदवारी फिर्ता भएको छैन।' नेकपाले उनलाई उम्मेदवारी फिर्ता लिन हेलिकप्टरबाट नै मुख्य निर्वाचन कार्यालय पुर्‍याएको थियो। 

यो पनि

केन्द्रले 'लास्टै पेलेपछि' बागी बनेको बाग्लुङका शेरमानको तर्क, भने : हामी चाहिँ भोटमात्र हालेर बस्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell