PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

व्यवसायी रुपज्योतिलाई रिहा गर्न आदेश, मुद्दा नचल्ने



सविन ढकाल

व्यवसायी रुपज्योतिलाई रिहा गर्न आदेश, मुद्दा नचल्ने

काठमाडौं: ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योति रिहा हुने भएका छन्।

उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रचार गरेको छ। 'पर्याप्त प्रमाण नपुगेकाले रुप ज्योतिविरुद्ध मुद्दा चलाउन नमिल्ने भयो,' सरकारी वकिल कार्यालयका एक वकिलले भने।

अब रुपज्योति हाजिरी जमानीमा छुट्ने भएका छन्।

यसअघि उनको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले अनुसन्धान नपुगेको भन्दै बिहीवार प्रहरीलाई नै फिर्ता पठाएको थियो

एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि कातिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ज्योति पक्राउ परेका थिए। 

छोरी सुरुचि पनि रुपज्योतिसँगै रिहा हुने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell