PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारससहित ७ नेपाली खेलाडी



पहिलोपोस्ट

पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारससहित ७ नेपाली खेलाडी

पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासहित ७ नेपाली खेलाडी परेका छन्। नेपाली स्पीनर सन्दीप लामिछाने यसअघि नै प्लाटेनियम क्याटगोरीमा परिसकेका थिए।

खड्का र लामिछाने बाहेक आरिफ शेख, बिनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सरद भेषावाकर र सोमपाल कामी पनि ड्राफ्टमा परेका छन्।

सर्राफ, केसी, राजबंशी, शेख र भण्डारीलाई क्यानले आइसिसीमार्फत पिएसएलका लागि प्रस्ताव गरेको थियो। अन्य खेलाडी भने एजेन्टको माध्यमबाट पिएसएल ड्राफ्टमा परेका हुन्। उनीहरु सिल्भर क्याटागोरीमा रहेका छन्।

यसपटक पिएसएलको पाँचौं संस्करणका लागि सन्दीपसहित ८ खेलाडी ड्राफ्टमा परेका हुन्।

पीएसएलमा ६ वटा टिम सहभागी हुन्छन् जसमा कराची किङ्ग्स, क्वेटा ग्लाडियर्टस, इस्लामावाद युनाइटेड,  लाहोर क्वालन्डर्स, पेशावर जल्मी,  मुल्तान सुल्तान्स ले प्रतिस्पर्धा गर्ने छन्।

सन्दीप लामिछानेले पिएसएल लगायत विश्वका अधिकांश ठूला फ्रेन्चाइज लिगहरु खेलिसकेका छन्। लामिछानेबाहेक सोमपाल कामी र पारस खड्काले पनि फ्रेन्चाइज लिग खेलिसकेकाछन्।

नेपाली टिम अहिले बंगलादेशमा इमर्जिङ टिम्स एसिया कप खेल्न पुगेको छ भने पारस खड्का र सन्दीप लामिछाने युएईमा टी १० लिगमा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell