PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुक्तिनाथ बैंकमा पनि 'चोर'हरुको कारोबार : आफू जोगिन पाँच बोरा कागजपत्रमा आगो



सविन ढकाल

मुक्तिनाथ बैंकमा पनि 'चोर'हरुको कारोबार : आफू जोगिन पाँच बोरा कागजपत्रमा आगो

काठमाडौं : नक्कली कागजपत्र बनाइ अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने ६ जनाको गिरोहले मुक्तिनाथ विकास बैंकमा पनि कारोबार गरेको खुलेको छ।

प्रहरीले बुधवार गिरोहका ६ जनालाई सार्वजनिक गरेपछि सो समूहले आफ्नो बैंकमा समेत कारोबार गरेको जानकारी गराएको हो।

'मुक्तिनाथ बैंकबाट हामीलाई कारोबार भएको जानकारी आएको छ। कसको खाता हो? के हो? थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीले भने।

प्रहरीले कीर्ते कागजपत्र बनाइ अर्काको बैक खाताबाट रकम झिक्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अञ्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरेलाई सार्वजनिक गरेको थियो। उनीहरुले जनता बैंकबाट १९ लाख ९ हजार रुपैयाँ निकालेको खुलेको छ।

त्यतिमात्रै नभइ प्रहरीले उनीहरुबाट विभिन्न व्यक्तिहरूको नागरिकताको करिब २ हजार प्रतिलिपि समेत बरामद गरेको छ। यस्तो कार्यलाई अपराधको रुपमा प्रहरीले लिएको छ।

'हामीले बरामद गरेका बाँकी बोरा खोल्दा थप १२ सय विभिन्न व्यक्तिका नागरिकताको फोटोकपी फेला पारेका हौं', डिएसपी बोगटीले भने।

प्रहरीले बोराबाट करिव २ हजार विभिन्न मानिसका पासपोर्ट साइजको फोटो समेत बरामद गरेको छ। उनीहरुले प्रहरीले पक्राउ गरे थप प्रमाण फेला पर्ने भन्दै केही कागजपत्र समेत नष्ट गरेको खुलेको छ। दशैंपछि उनीहरुले गोविन्द घिमिरेको कोठामा रहेका पाँच बोरा कागजपत्र जलाएर नष्ट गरेका हुन्', डिएसपी बोगटीले भने।

सम्वन्धित समाचार

बैंकको खाता नै रित्याउने गरी आएको त्यो म्यासेज...

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell