PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

अदालतले पक्राउ पुर्जी दिएका 'सिद्धबाबा कृष्णदासजी' आइसियूमा!



पहिलोपोस्ट

अदालतले पक्राउ पुर्जी दिएका 'सिद्धबाबा कृष्णदासजी' आइसियूमा!

विराटनगरः बलत्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई आइसियूमा सारिएको छ।

आइतवार बिहानै विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ बाट आइसियूमा सारिएको अस्पतालका चिकित्सक ज्ञानेन्द्र कार्कीले जानकारी दिए।' उहाँलाई राति नै पसिना आउने लगायत समस्या देखिएपछि आइसियूमा सारिएको हो।'चिकित्सक कार्कीले भने।

गिरी बिरुद्ध बलत्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता भइसकेको छ। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। प्रहरीले अदालतबाट पक्राउपुर्जी लिएर पक्राउ गर्ने तयारी गरिरहेको छ। आज नै उनलाई पक्राउ गरि अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको थियो।

तर 'सिद्धबाबा' भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्।

सम्वन्धित समाचार

अस्पतालको डिलक्स क्याबिनमा रहेका बलात्कार आरोपित सिद्धबाबाले भने : षड्यन्त्र गरियो, निरपराध छु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell