PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डाउनहिल साइक्लिङमा नेपाललाई दुई स्वर्णसहित पाँच पदक

डाउनहिल साइक्लिङमा नेपाललाई दुई स्वर्णसहित पाँच पदक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत डाउनहिल साइक्लिङमा नेपालले दुई स्वर्णसहित ५ पदक जितेको छ। नेपालले पुरुषमा तीन र महिलामा दुई पदक जितेको हो।

पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए। १ किलोमिटरको दुरी राजेशले १ मिनेट ४९ सेकेन्ड र निश्माले २ मिनेट २२ सेकेण्डमा पार गरे। दोस्रो स्थानमा पनि पुरुषतर्फ नेपालका निरभ श्रेष्ठ र महिलातर्फ जमुना थापा आए। निरभले १ मिनेट ५० सेकेण्ड र जमुनाले २ मिनेट ४१ सेकेण्डमा दुरी पार गरेका थिए।

१ मिनेट ५१ सेकेण्डमा दुरी पार गरेका प्रचित थापा मगर पुरुषतर्फ तेस्रो भए। महिलातर्फ भारतकी यशोधरा शेखर तेस्रो भएको थिइन्। उनले ३ मिनेट ३७ सेकेण्डमा दुरी पार गरेकी थिइन्।

सागअन्तर्गत साइक्लिङमा नेपालले यो पहिलो पटक स्वर्ण जितेको हो।

कसरी भएको थियो साइक्लिङको तयारी? पढ्नुस् :

हिमाली मुलुकमा माउन्टेन बाइकर्सको मेडल मिसन : डाउन हिल र क्रस कन्ट्री पहिलो पटक हुँदै



ट्रेन्डिङ पोस्ट

Ncell