PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'वाउ!' डाउन हिलमा खेलाडीको हेर्नुस् यस्तो प्रदर्शन : स्वर्ण, रजत र कास्य नै नेपालको कब्जामा

'वाउ!' डाउन हिलमा खेलाडीको हेर्नुस् यस्तो प्रदर्शन : स्वर्ण, रजत र कास्य नै नेपालको कब्जामा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको जगडोलमा आज भएको साग अन्तर्गतको डाउन हिल साइक्लिङमा नेपालले दुई स्वर्णसहित ५ पदक जित्यो। पहिलो पटक सागमा साइक्लिङ समावेश गरिएको हो। जित हासिल गरेर साइक्लिङ प्रतिस्पर्धा गराउनुको औचित्य खेलाडीहरुले पुष्टि गरे।

डाउन हिल साइक्लिङ चुनौतीपूर्ण र साहसिलो खेलमा पर्छ। भिरबाट साइकल कुदाउनु र उडाउनु यसका विशेषता हुन्। साइकललाई हावामा कावा खेलाउँदै तथा अफ्ट्यारो अनि साँघुरो बाटोबाट दुरी तय गर्नु र उपाधी जित्नु सहज होइन। तर, डाउन हिल साइक्लिङमा पुरुषतर्फ राजेश मगर महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जिते। रजत पनि दुवै नेपालीले नै जिते। निरभ श्रेष्ठ र जमुना थापाले पदक तालिकामा नेपालाई थप सघाए। पुरुषतर्फ तेस्रो पनि नेपाली नै भए - प्रचित थापा। महिलातर्फ भने भारतकी यशोधरा शेखर तेस्रो भइन्।

कसरी भएको थियो साइक्लिङको तयारी? पढ्नुस् :

हिमाली मुलुकमा माउन्टेन बाइकर्सको मेडल मिसन : डाउन हिल र क्रस कन्ट्री पहिलो पटक हुँदै

साइक्लिङ प्रतिस्पर्धा हेर्न लायक थियो किनकि यसमा जोखिमपूर्ण अवस्था कुनै पनि बेला निम्तिन सक्थ्यो। गोकर्णमा आयोजित डाउन हिल साइक्लिङका दृश्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell