PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धनुषा विस्फोट प्रकरण : दुई जना पक्राउ, समातिए विप्लव कार्यकर्ता



पहिलोपोस्ट

धनुषा विस्फोट प्रकरण : दुई जना पक्राउ, समातिए विप्लव कार्यकर्ता

  • सुमित मिश्र-

जनकपुरधामः धनुषाको महेन्द्रनगरमा शुक्रवार राति भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले दुई जनालाई नियन्त्रणमा लिएपनि पहिचान भने खुलाएका छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बम विस्फोट गराएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले भने, ‘घटनामा संलग्न नै हो भनेर अहिले भन्न सकिँदैन। अनुसन्धानको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएका छौं।’

पक्राउ परेकामध्ये एक जना महेन्द्रनगरकै भएको र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। मृतकमध्येका राजेश्वर साह औषधि व्यावसायी हुन्। ‘पक्राउ परेका एक व्यक्तिले मृतक साहसँग रकम लिएको देखिएको छ’, स्रोतले भन्यो, ‘लिएको ऋण तिर्न मृतक साहलाई पटकपटक दबाब दिँदै आएका थिए। सोही कारण विस्फोट गराएको हुनसक्ने अनुमान छ।’

पक्राउ परेका अर्का व्यक्ति विप्लव समूहसँग आबद्ध भएको व्यक्तिसँग सम्पर्कमा रहेको बताइएको छ। विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्स्पेक्टर अमिर दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ।

घटनामा घाइते साहकै तीन आफन्‍तको उपचार धरानमा भइरहेको छ।

सम्वन्धित समाचार

शंकाको सुई विप्लवतिर, सिआइवीको टोली अनुसन्धानमा जाँदै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell