PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

नेपाल सीमाबाट भारतको 'शान्ति विथोल्ने तत्व' छिर्दै गरेको अमित शाहको बयान



पहिलोपोस्ट

नेपाल सीमाबाट भारतको 'शान्ति विथोल्ने तत्व' छिर्दै गरेको अमित शाहको बयान

नयाँ दिल्ली : भारतको शान्ति देख्न नसक्ने तत्वले नेपाल र भुटानको सीमा प्रयोग गर्न खोजेको आरोप त्यहाँका गृहमन्त्री अमित शाहले लगाएका छन्।

भारतको सीमा सुरक्षा बल (एसएसबी)को ५६ औं स्थापना दिवसमा सम्बोधन गर्दै शाहले यस्तो आक्षेप लगाएका हुन्।

'भारत शान्त रहेको नरुचनाउने तत्वले जसरी भए पनि यी दुई देशका सीमाको प्रयोग गरेर भारत छिर्ने प्रयास गरिरहेको छ,' उनले भने।

एसएसबी नेपाल र भुटानको सीमा रक्षाका लागि खटाइएको सैन्यबल हो।

नागरिकता विधेयक संशोधनको विषयले भारतमा यतिखेर तनावको अवस्था छ। मुस्लिम इतरलाई गैर भारतीयलाई नागरिकता दिने विषयका कारण आन्दोलन चर्किरहेको छ। त्यही अवस्थामा अमित शाहले नेपाल सीमाबाट अशान्ति चाहनेले भारत प्रवेश गर्न खोजेको आक्षेप लगाएका हुन्।

भारतमा आज के भइरहेको छ? पढ्न यहाँ क्लिक गर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell