PahiloPost

Nov 29, 2024 | १४ मंसिर २०८१

छोरी आमासँगै रहने, रामकृष्ण ढकालले बेलाबेलामा भेट्न पाउने, शाहले गरिनन् अंशमा दावी



सविन ढकाल

छोरी आमासँगै रहने, रामकृष्ण ढकालले बेलाबेलामा भेट्न पाउने, शाहले गरिनन् अंशमा दावी

काठमाडौं : काठमाडौं जिल्ला अदालतबाट रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच आज सम्बन्ध विच्छेद भएको छ। हिजो निलमले दुवैको सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्।

श्रीमतीले ढकालसँग अंश नलिने तथा छोरी आमासँगै रहने सहमति सहित उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। बेलाबेलामा गायक ढकालले आफ्नी छोरीसँग भने भेट्न पाउने सहमति सम्बन्ध विच्छेदमा गरिएको छ।

अपडेट :

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो। 

के थियो त्यस्तो कारण जसले रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध तोड्यो? निलमको तर्क यस्तो छ

ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए।

'उहाँहरुको सम्वन्ध विच्छेद भएको छ,' जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले भने। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो। 

मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell