PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतमा युवतीलाई 'बलि' दिन लैजाने गिरोहका सात जनालाई प्रहरीले गर्‍यो सार्वजनिक



कुञ्जरमणि भट्टराई

भारतमा युवतीलाई 'बलि' दिन लैजाने गिरोहका सात जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं : विभिन्न प्रलोभनमा पारेर 'बलि' दिनका लागि एक मोडललाई भारत लैजाँदै गर्दा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलवार यिनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीय प्रेममाया तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिए। तामाङ काठमाडौंबाट पक्राउ परेकी हुन्।

मोडल भनिएकी युवतीले आफूलाई बलि दिने योजना बनाएको शंका लागेपछि प्रहरीमा खबर गरेकी थिइन्।

पुस ४ गते परिसरमा उजुरी परेपछि प्रहरीको टोलीले मोडल युवतीको निगरानी गर्दै विराटनगर पुगेको थियो। विराटनगर पुगेर मोडलिङको लागि बोलाएका आयोजकको गतिविधिमा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रेममाया तामाङले मोडलिङ गर्न शुरुमा प्रस्ताव गरेकी थिइन। उनले युवतीको ६ फिट उचाई नाप गरी त्यसको भिडियो विराटनगरमा रहेका उमेश शाहलाई पठाइन्। त्यसपछि उनलाई विराटनगर लैजाने योजना बनेको थियो।

कृष्ण तामाङले काठमाडौंबाट विराटनगर जाने हवाई टिकट काटेकी थिइन्, मोडलका लागि। दिलकुमारी बुढा युवतीसँगै विराटनगर पुगेकी थिइन्। विराटनगरमा रहेका उमेश शाहले भेटी भ्यानमा राखेर राम जानकी मन्दिरको खाजा घरमा लगेका थिए। त्यसपछि विराटनगर जलजलाचोक स्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र ६ बुक गरेर युवतीलाई राखेको एसपी सिंहले जानकारी दिए।

त्यहाँ पनि मोडल युवतीको पुन: उचाई लगायत महिनावारी भए नभएको, घाउ चोटपटक, अप्रेशन गरे नगरेको जाँच गरेका थिए। कृष्ण र उमेश बाहिर गएर युवतीलाई तान्त्रिक पूजाका लागि सीमा पारी लगेर पूजा गराउने भन्दै अपरिचित व्यक्तिहरुसँग कुराकानी गरेको प्रहरीले जानकारी पाइसकेको थियो। उनीहरुको छलफलमा उमेश माझी, रंजित कुमार चौधरी, दिलिप पोदारसँग समेत छलफल गरी तान्त्रिक पूजाका सामाग्रीसहित युवतीलाई मोडलिङका लागि आवश्यक सामान कपडा किनाउने बहानामा जोगवनी पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा विराटनगर फूलचोक बुढीगंगा १ वाट कोभर्ट अप्रेसनमा रहेको प्रहरीले नियन्त्रणमा लिएको थियो।

मुख्य योजनाकार दिलिप पोदारले भारत बिहारको मन्दिरको बा लगायत अन्य व्यक्तिसँग सम्पर्क गरेको देखिएको छ। संलग्न प्रेम माया र कृष्णले ५ लाख रुपैयाँ पाउने लोभमा युवतीलाई भारत लैजाने प्रकृयामा संलग्न भएको देखिएको छ।

सम्वन्धित समाचार

'बलि दिन' मोडललाई भारत पुर्‍याउने योजना असफल, सात जना प्रहरीको नियन्त्रणमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell