A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995766651d3b5.44916612): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995766651d3b5.44916612,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

१२ घण्टापछि प्रचण्ड निकट चितवनका एसपी दानबहादुर चार्ज बुझाउँदै, प्रहरी कार्यालयमा बिदाईको तयारी
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

१२ घण्टापछि प्रचण्ड निकट चितवनका एसपी दानबहादुर चार्ज बुझाउँदै, प्रहरी कार्यालयमा बिदाईको तयारी



पहिलोपोस्ट

१२ घण्टापछि प्रचण्ड निकट चितवनका एसपी दानबहादुर चार्ज बुझाउँदै, प्रहरी कार्यालयमा बिदाईको तयारी

काठमाडौं: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जिल्ला प्रहरी प्रमुखको इन्चार्ज बुझाएका छन्।

एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न बुधवार ३ नम्बर प्रदेश प्रहरीले पत्र काटेको थियो। तर मल्लले १२ घण्टा बितिसक्दा पनि जिल्ला छाडेका थिएनन्। 'बिदाईको तयारी भइसकेको छ। आजै उहाँले इन्चार्ज बुझाउनु हुँदैछ,' ३ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले भने।

एसपी मल्ल पुस ४ गते नै सरुवा भएका थिए। उनीसहित २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो। चितवन प्रहरी प्रमुखमा दानबहादुर मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको छ। १३ दिन बितिसक्दा पनि उनले जिल्ला छाडेका थिएनन्।

मल्ल डिएसपी रहेका बेला तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षा गार्ड थिए। उनी अध्यक्ष दाहाल निकट प्रहरीका रुपमा चिँनिदै आएका छन्। सुरक्षा गार्डपछि उनलाई उपत्यकाको महत्वपूर्ण रुपमा हेरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गको नेतृत्व दिइएको थियो। त्यसपछि उनी एसपीमा बढुवा भए। एसपीमा बढुवा भएपछि उनले चितवन जिल्ला प्रहरी प्रमुखको नेतृत्व पाएका थिए।

बिहीवार पनि उनी अध्यक्ष दाहालको सुरक्षामा नै खटिएका थिए। चितवन अध्यक्ष प्रचण्डको चुनावी जिल्ला पनि हो।

सम्वन्धित समाचार

प्रचण्ड निकट चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell