PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अन्तिम सिट्ठी बजेपछि तातेको दशरथ रंगशाला...

अन्तिम सिट्ठी बजेपछि तातेको दशरथ रंगशाला...

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेल साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच थियो। खेलमा दुवै टिमको दमदार प्रस्तुति देखियो।

एक अर्काविरुद्ध जित निकाल्ने दाउमा दुवै टिमले निकै आक्रमक खेल प्रस्तुत गरेका थिए। फुटबलमा आक्रमक खेललाई नै रोमाञ्चक मान्छन् दर्शकहरु। ९० मिनेट र थप गरिएको समय सकिँदा २-२ को नतिजा निस्कियो। कुनै टिमले पनि जित दावी गर्न सकेनन् र अंक बाडियो।

तर जसै रेफ्रीले खेल सकिएको अन्तिम सिट्ठी बजाए तब त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको माहौल एकाएक परिवर्तन भयो। खेलाडीहरुबीच धकेलाधकेल हुन थाल्यो। मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच भनाभन भएपछि विवाद शुरु भएको थियो। बेन्चमा बसेका खेलाडीहरु झगडाबाट आफ्ना खेलाडीलाई टाढा राख्न मैदान तिर दगुर्न थाले। तर खेलाडीहरु शान्त हुने अवस्थामा आएनन्।

अवस्था साम्य पार्न केही प्रहरी पनि मैदानमा उत्रिए। रेफ्री र अफिसियलहरु मैदानमा पस्दा ठूलै भीडभाड देखियो। खेलमा यस्ता झगडालाई राम्रो मानिदैन। यस्तै ससाना झगडामा पर्दा खेलाडीहरुको छवि पनि बिग्रने गरेका धेरै उदाहरणहरु छन्।

विवादका विषयमा मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल खेलाडीहरु अनुशासन बाहिर गएर यस्तो अवस्था सिर्जना भएको बताउँछन्। दीपक राई, जगजित श्रेष्ठ लगायतका खेलाडीहरु अनुशासन बाहिर गएको देखिएको उनको भनाइ छ।

उपाधि होडमा आजको खेलले थोरै गारो भएपनि बिग्रिएको भन्न नमिल्ने उनले बताए।

'मनाङले गोल गर्ने बित्तिक्कै हाम्रो प्याट्रन भताभुङ्ग भयो', कटुवालले भने, 'मनाङका खेलाडी धेरै एग्रेसिभ देखिए। हाम्रो टिममा पनि तेस्तै देखियो। टेक्निकल एग्रेसन देखिएन। जित्नका लागि बलले त जितिदैन।'

झगडा पर्दा बेन्चका खेलाडीहरु छुट्याउन गएको जस्तो लागेको उनले बताए।

यता मनाङका कोच घनेश्वर प्रजापतिले आफूले केही पनि नदेखेको बताए।

'केही भएको छैन। सबै खेलाडीलाई समातेर राख्न सकिँदैन। प्लेयरमाथि कन्ट्रोल गर्ने हो। तर इन्डिभिजुअल जिम्मा लिन सकिन्न,' उनले भने।

दोषी खेलाडीलाई क्लबको तर्फबाट छलफल गरेर कारबाही गरिने उनको भनाइ थियो।

'ए' डिभिजनका हेभिवेट मनाङ र मछिन्द्र रोकिए बराबरीमा



ट्रेन्डिङ पोस्ट

Ncell