PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दिलीपको हत्या अभियोगमा एक क्रसर सञ्चालक पक्राउ



पहिलोपोस्ट

दिलीपको हत्या अभियोगमा एक क्रसर सञ्चालक पक्राउ

  • सुमित मिश्र-

जनकपुरधाम : दिलीप कुमार महतोको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले क्रसर सञ्चालक विपिन कुमार महतोलाई पक्राउ गरेको छ।

महतोलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ भानुचोक नजिकबाट आज विहान करिब १० बजे नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए। यस भन्दा पहिले हिजो नै टिपर चालक मुनिन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ।

धनुषामा शुक्रवार नदीमा भइरहेको अवैध उत्खनन् रोक्ने क्रममा ओमप्रकाश महतोको टिपरले किचेर दिलीपको हत्या गरिएको उनको परिवारले आरोप लगाएको छ। दिलीपको परिवारले क्रसर सञ्चालक विपिन महतोसहित स्थानीय प्रशासन, वडाध्यक्षलगायतको संलग्नतामा हत्या गरेको आरोप लगाउँदै आएका छन्।

यता शुक्रवार बिहानै दिलीपको हत्या गरिए तापनि बिना कुनै मुचुल्का शवलाई प्रादेशिक अस्पाल पठाएको थियो। शवको अहिलेसम्म पोस्टमार्टम पनि गरिएको छैन। परिवारले प्रहरीमा जाहेरी नदिएको कारणले शवको पोस्टमार्टम नगरिएको प्रहरी निरीक्षक यादवले बताए।

यो पनि पढ्नुहोस् :

दिलीपलाई कुटपिट गरी हत्या गरिएको परिवारको आरोप, मेयरले भने : नगरमा के भइरहेको छ मलाई के थाहा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell