PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

दिलीप हत्याको विरोधमा माइतीघरमा बालियो मैनबत्ती

दिलीप हत्याको विरोधमा माइतीघरमा बालियो मैनबत्ती

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  धनुषाको मिथिला नगरपालिकामा अवैध उत्खनन् रोक्न गएका दिलीपकुमार महतोलाई कुटपिट गरी हत्या गरिएको विरोधमा आज माइतीघरमा मैनबत्ती र्‍याली निकालिएको छ।

दिलिपको शुक्रवार बिहान टिपरको ठक्करबाट मृत्यु भएको भनिएको थियो। अवैध उत्खनन् रोक्न उत्खनन्स्थल पुगेका दिलीपमाथि पहिला कुटपिट गरिएको र त्यसपछि टिपरले किचेर उनको हत्या गरिएको उनको परिवारजनको आरोप छ।

दिलीपसँगै क्रसर उद्योगहरुको अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका भाइ रजनीश कुमारले दाईसँगै पुगेका रोशनले भागेर ज्यान जोगाएको बताएका छन्।

यता घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि बर्दिबास नगरपालिका९ बस्ने टिपर चालक मुनिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell