PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

घर धितो राखी निकालेको पचास लाख, आँखामा खुर्सानीको धुलो छर्केर यसरी लुटियो



सविन ढकाल

घर धितो राखी निकालेको पचास लाख, आँखामा खुर्सानीको धुलो छर्केर यसरी लुटियो

काठमाडौं : पूर्व सैनिक बच्चुराम गुरुङबाट पचास लाख लुटेर फरार भएका ६ जना लुटेरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दाङ पुरन्धारा वडा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउपालिका ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउपालिलका ५ गोलजुङका ३८ वर्षे दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका वडा ९ का ३६ वर्षे कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका वडा ३ खड्कुका ३६ वर्षे तेन्जिङबहादुर तामाङ र रसुवा उत्तरगया गाउँपालिका वडा २ खड्कुका २८ वर्षे संजित वाइबा रहेका छन्।

उनीहरुले शुक्रवार बिहान ९ बजेतिर 'चम्किने ढुङ्गा' किन्न भन्दै उनी काभ्रेस्थली पुगेका गुरुङको पैसा लुटेका थिए।

शुक्रवार बिहान लुटेको पैसाबाट लुटेराहरुले २४ घन्टाभित्रै पल्सर बाइक, ७७ हजार रुपैयाँको औंठी किनेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले आफूले ऋण लिएको फाइनान्सको किस्तासमेत तिर्न भ्याएको खुलेको महनगरीय अपराध महाशाखा टेकुका एसपी मुकेश कुमार सिंहले बताए।

लुटेराले बच्चुरामलाई खुकुरी, फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर लुटेको खुलेको छ।

नेपाली सेनाका पूर्व सुवेदार गुरुङ शुक्रवार काभ्रेस्थलीको जंगलमा लुटिएका थिए। गुरुङले ढुङगा किन्न बोकेको ५० लाख रुपैयाँ लुटिएको थियो। गुरुङले आफ्नो घर धितोमा उक्त रकम निकालेको प्रहरी अनुसन्धानमा खुलेको छ।

लुटेराको साथबाट प्रहरीले १८ लाख ७५ हजार पाँच सय रुपैयाँ, एक थान नयाँ मोटरसाइकल, ३ थान लुट्न प्रयोग गरिएको मोटर साइकल, सुनको औंठी र मोबाइलहरु बरामद गरेको छ।

 
सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell