PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : तनाव साम्य पार्न वीरेन्द्रनगरमा लगाइयो कर्फ्यु



पी बी खड्का

टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : तनाव साम्य पार्न वीरेन्द्रनगरमा लगाइयो कर्फ्यु

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यु लगाएको छ। मंगलवार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त बनेको थियो। टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको हो।

घटनाले उग्ररुप लिन थालेपछि वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको पाँच सय दक्षिण क्षेत्रसम्म कर्फ्यु लगाइएको छ।

उत्तेजित भिडले तोडफोड, आगजनी र धनजनको क्षति हुनसक्ने भन्दै आज साँझ साढे ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको थियो।

 

टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावग्रस्त बन्यो वीरेन्द्रनगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell