PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

काठमाडौंमा साथीको हत्या गरी फरार बंगलादेशी पक्राउ, मृत्युदण्डबाट बच्न कलकत्ता पुगेका दुला नेपाल नै फर्किए



पहिलोपोस्ट

काठमाडौंमा साथीको हत्या गरी फरार बंगलादेशी पक्राउ, मृत्युदण्डबाट बच्न कलकत्ता पुगेका दुला नेपाल नै फर्किए

काठमाडौं : गत माघ ७ गते बंगलादेशका नागरिक मोहद्धिन अहमदको हत्या गरी फरार रहेका उनका साथी दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मियाँलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीवार सार्वजनिक गरेको हो।

हत्या गरी फरार मियाँलाई लहान प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहमदको हत्या गरेर मियाँ बंगलादेश जानका लागि झापाको काँकडभिट्टा हुँदै कलकत्तासम्म पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ। 'बंगलादेशमा हत्याको सजाय मृत्यदण्ड हुने भएकाले त्यसबाट बच्न उनी नेपाल नै फर्किएको देखिययो।' एक प्रहरी अधिकृतले भने।

मियाँको घर नेपाल भारतको सिमाना काकडभिट्टा सिमानाबाट करिब २७ किमी उता बंगलादेशमा पर्छ। काँकडभिट्टाबाट रात्री बस चढेर काठमाडौं फर्कदै गरेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।' रात्री बस चढेर काठमाडौं आउँदै गरेको सुचना पाएपछि लहानमा बस रोकेर चेक गर्दा  दुला फेला परेका हुन्।' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

मियाँसँग अहमदले लेवनान पठाइदिने भन्दै ३ लाख टाका लिएका थिए। लेवनान नपठाएको र पैसा पनि फिर्ता  नगरेका कारण मियाँले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनलेले ड्युटी फ्रिबाट ल्याएको एक वाइनको बोतलले तीन पटक अहमदको टाउकोमा प्रहार गरेको र फुटेको टुक्राले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरी परिसरका डिएसपी होबेन्द्र बोगटीले जनाए।

गत माघ ६ गते अहमद र मियाँ हिमालयन एयरलाइन्सको विमानमार्फत बंगलादेशबाट काठमाडौं आएका थिए। अहमद क्यासिनोमा जुवा खेल्नको लागि यसअघि पनि पटकपटक काठमाडौं आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

सोल्टीमोडस्थित होटेल ग्रान्ड भिल्लाको कोठा नम्बर ११४ मा अहमद गत माघ ८ गते मृत फेला परेका थिए। उनको अघिल्लो दिन नै हत्या भएको भए पनि ८ गते मात्रै होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अहमदसँगै आएका मियाँ भने हत्या गरी सोही दिनदेखि फरार रहेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहमद प्रायः राति काठमाडौं ओर्लने, रातभर क्यासिनो खेल्ने र दिउँसो केही समय आराम गरेर बंगलादेश फर्कने गरेको खुलेको छ।

अहमदले माघ ९ गतेको लागि बंगलादेश फर्किने टिकट समेत बुक गरिसकेका थिए।

सम्बन्धित सामाचार

क्यासिनोकै लागि नेपाल आउने अहमदको होटेल ग्रान्ड भिल्लामा हत्या, सँगै आएका साथी फरार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell