PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

डेव्यु खेलमै कुशल मल्लको कीर्तिमानी अर्धशतक, बने सबैभन्दा कम उमेरमा ओडिआइ अर्धशतक बनाउने खेलाडी



पहिलोपोस्ट

डेव्यु खेलमै कुशल मल्लको कीर्तिमानी अर्धशतक, बने सबैभन्दा कम उमेरमा ओडिआइ अर्धशतक बनाउने खेलाडी

काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा खराव सुरुवात गरेको नेपालको पारी विनोद भण्डारी र कुशल मल्लले सम्हालेका छन्।

कुशल मल्लले अर्धशतकीय पारी खेल्दै विनोद भण्डारीसँग ठूलो साझेदारी बनाएका हुन्। उनी एक दिवसीय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा सानो उमेरमा खेलाडी बनेका छन्। उनले रोहित कुमार पौडेलको रेकर्ड तोडेका छन्। यसअघि नेपालका रोहित कुमार पौडेलले संयुक्त अरब इमिरेटससँग भएको एक दिवसीय क्रिकेट खेलमा ५८ बलमा ५५ रन बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। 

नेपाल टस हारेर ब्याटिङमा ब्याटिङमा उत्रिएको नेपालका लागि सुवास खकुरेल र मल्लको ओपनिङ जम्न सकेन। सुवास खकुरेल ३ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हालेका थिए।

कप्तान मल्ल पनि खेलको ­ओभरमा २१ रन बनाउँदै पभेलियन फर्किएपछि गएका दीपेन्द्रसिंह ऐरी रन नजोड्दै आउट भए। त्यस्तै पारस खड्का १९ रन बनाउँदै आउट हुन पुगे। त्यसपछि आरिफ शेख पनि २ रन बनाएर पभेलियन फर्किँदा नेपालको ब्याटिङ धर्मराएको थियो।

त्यसपछि आएका कुशल मल्लले विनोद भण्डारीसँग साझेदारी गर्दै नेपालको पारी उकासे। मल्लले ४७ बलमा अर्धशतक बनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell