PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अपडेट : घटना स्थलमा भाँचिएको प्लास्टिकको पिर्का,सिसी क्यामराको भिडियो फुटेज हेर्दै प्रहरी



अपडेट : घटना स्थलमा भाँचिएको प्लास्टिकको पिर्का,सिसी क्यामराको भिडियो फुटेज हेर्दै प्रहरी

काठमाडौं: पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कार्कीको हत्याको प्रयास गरेको देखिएको छ। सानेपा खरिबोटमा रहेको साढे दुई तले घरभित्र कार्कीको हत्याको प्रयास भएको देखिएको हो। मृतक कार्कीको टाउकामा र घाँटीमा चोट लागेको छ।

घटनास्थलबाट प्रहरी भाँचिएको अवस्थामा प्लाष्टीकको पिर्कासमेत बरामद गरेको छ। 'केही प्रहार गरेको देखिन्छ। त्यहाँ भेटिएको पिर्काले हानेको देखिन्छ,' महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने।

कार्कीलाई प्रहरीले उनकै भान्छाबाट अचेत अवस्थामा फेला पारेर अस्पताल पुर्‍याएको थियो। नजिकै रहेको धारामा टाउको ठोकिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। 'धारा नजिकै रगत लागेको देखिन्छ। त्यहाँ ठोकिएको वा ठोकाएको हुनसक्छ,' एसएसपी थापाले भने।

उपचारको क्रममा कार्कीको स्टार हस्पिटलमा मृत्यु भएको हो। त्यस्तै प्रहरीले २२ वर्षीय विजय चौधरीलाई घरको बैठक कोठामा नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत फेला पारेको थियो।

पूर्वसचिव भने पूजा गर्न बिहानै पशुपति गएका थिए। घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको प्रहरीले जानकारी दिएको छ। कार्कीका दुई छोरी भने विदेशमा नै बस्दै आएका छन्। प्रहरीले घरमा भएको सिसिक्यामरा फूटेज हेरिरहेको छ। फूटेजबाट केही क्लू फेला पर्ने प्रहरीको अनुमान छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अपडेट : पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु

पूर्वसचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell