PahiloPost

Apr 16, 2025 | ३ बैशाख २०८२

आगलागीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द : सिंगापुरबाट आउँदै गरेको जहाज कलकत्ता डाइभर्ट, तीन जहाज होल्डमा



वसन्तराज उप्रेती

आगलागीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द : सिंगापुरबाट आउँदै गरेको जहाज कलकत्ता डाइभर्ट, तीन जहाज होल्डमा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल भवनभित्र रहेको कफी सपमा आगो लागेपछि विमानस्थल बन्द गरिएको छ।

आगलागी भएपछि टर्मिनल भवनभित्र रहेका यात्रु व्यवस्थापन गर्न विमानस्थल थप थप एक घण्टाको लागि बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिए।

स्टराइल हलमा, बोर्डिङ गेट छेउमा रहेको कफी सपमा विद्युट सर्ट भएपछि सोमवार साँझ आगलागी भएको हो।

विमानस्थल बन्द भएका कारण सिंगापुरबाट काठ्माडौ आउँदै गरेको सिल्क एयरको जहाज कोल्कता डाइभर्ट भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका अनुसार नयाँ दिल्लीबाट आउँदै गरेको नेपाल वायुसेवा निगम, मलेसियाबाट आउँदै गरेको मालिन्दो एअर र चीनको गोन्जाओबाट आउँदै गरेको चाइन सउदर्नको जहाज भने होल्डमा रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell