PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

निर्मला प्रकरण नजिकबाट नियालेका नवनियुक्त आइजी ज्ञवालीले कसरी गर्लान् 'सेफ ल्यान्डिङ'?



सविन ढकाल

निर्मला प्रकरण नजिकबाट नियालेका नवनियुक्त आइजी ज्ञवालीले कसरी गर्लान् 'सेफ ल्यान्डिङ'?

काठमाडौं : नेपाल प्रहरीको २७ ‌औं प्रहरी महानिरिक्षक (आइजीपी) डिआइजी ठाकुर ज्ञवालीलाई बनाउने सरकारले निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। ज्ञवालीले बुधवार मात्र महानिरीक्षकको फुली लगाउने छन्।

अहिलेकै व्यवस्था कायम रहिरहेको अर्थात ३० वर्षे सेवा अवधि नहटेसम्म ज्ञवालीले पाँच महिनामात्र प्रहरी संगठन हाँक्न पाउने छन्। निकै शालीन स्वभावका ज्ञवालीलाई पाँच महिनाको अवधि निकै चुनौति पूर्ण रहनुका साथै अवसर पनि उतिकै रहेका छन्। रिक्त ३ एआइजी, डिआइजीदेखि एसपीसम्मको पदपुर्ति उनकै पालामा हुनुपर्ने छ। त्यसैले पनि चुनौतीपूर्ण छ उनको कार्यकाल।

लो प्रोफाइलमा बसेर काम गरेका ज्ञवालीप्रति धेरैले आशा गरेका छन् - संगठनभित्र सुधार हुनेमा। 'उहाँ हाम्रो मान्छेमात्र होइन राम्रो मान्छे हो। त्यसैले उहाँको कार्यकाललाई महत्वका साथ हेरेका छौं,' पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले भने।

डिआइजीमा बढुवा भएपछि उनले प्रदेश १ का प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए। ठाकुर महानिरीक्षक सर्वेन्द्र खनालकै ब्याची हुन्। तर, उनी वैकल्पिकमा  २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। त्यसैले पनि उनी महानिरीक्षक भइरहँदा वैकल्पिकलाई पनि महानिरीक्षक बनाउने बहस संगठनभित्र नचलेको होइन। वैकल्पिक भनेर उनको कार्यलाई नजर अन्दाज गर्नेको लागि काम गरेर देखाउन पनि उनको लागि चुनौति देखिन्छ।

ज्ञवालीको  जन्म २०२२ असोज २८ गते प्युठानको झिमरुक गाउँपालिकामा भएको हो। उनले प्युठानको बालशिक्षा माविबाट २०३७ सालमा एसएलसी उतीर्ण गरेका हुन्।

ज्ञवालीको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालयको अनुसन्धान विभागमा भएको थियो। २०५८ वैशाख १८ गते उनी डिएसपीमा बढुवा भए। २०६६ मंसिर ३ गते एसपी भए। एसपीमा बढुवा भएपछि झापा, दाङ, बारा जिल्लामा कमाण्ड सम्हाल्ने मौका मिल्यो।

२०७३ असार २८ मा एसएसपी बने उनी। २०७५ असोजमा डिआइजीमा बढुवा भएका हुन्। त्यसो त उनी भाग्यले बाँचेका प्रहरी पनि हुन्। दवन्द्वकालको समयमा २०५३ सालमा रुकुममा एम्बुसमा परेर बाँचेका थिए। उनीसँगै भएका दुई सिपाहीको मृत्यु भएको थियो।

ज्ञवालीले महानिरीक्षक खनालको कार्यकालमा चर्चामा रहेको निर्मला प्रकरणमा अनुसन्धान गर्ने मौका पनि पाए। केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी अंगुर जिसीको नेतृत्वमा भएको अनुसन्धानपछि कंचनपुर पुग्ने पहिला एसएसपी ज्ञवाली नै हुन्। तर उनले त्यतिखेर उनको अनुसन्धानले खासै नयाँ कुरा ल्याउन सकेन।

२०७५ भदौ १६ गते डिएसपी कमल थापासहित उनी कंचनपुर पुगेका थिए। निर्मला प्रकरणमा अभियुक्त भनिएका दिलिप सिंह भेटेर घटनाक्रमको जानकारीसमेत लिएका थिए।

घटनामा विष्टको संलग्नता भएको ढुक्क भएर काठमाडौं फर्किएका थिए ज्ञवाली। तर, विष्टको डिएनए नमिलेपछि उनी चुपचाप नै रहे। 'उहाँले घटनालाई नजिकबाट नियाल्नुभएको छ। आशा छ उहाँको कार्यकालमा निर्मला प्रकरणले सेफल्यान्डिङ पाउला,' निर्मला प्रकरण अनुसन्धानका लागि गठित छानबिन समितिका एक सदस्यले बताए।

घटना भएको १८ महिनापछि एकाएक घटना 'ट्वीस्ट एण्ड टर्न' देखि सकेको छ। एआइजी धिरु बस्न्यातले बुझाएको प्रतिवेदन त्रुटिपूर्ण भएको भन्दै पछिल्लो पटक डिआइजी सुरज केसीको नेतृत्वमा बनेको पुनरावोलकन समितिले खारेज गर्न सुझाव दिएको छ। २०७५ भदौ ३१ गते प्रहरी प्रधान कार्यालय नक्सालले एआइजी बस्न्यातको नेतृत्वमा बनेको समितिले भीड र रे'को भरमा नै प्रतिवेदन बुझायो केसीको समितिको ठहर छ ।

आइजी बनी सकेपछि ज्ञवालीले निर्मला प्रकरण अनुसन्धानलाई कसरी लग्छन् भन्ने चुनौति पनि थपिएको छ उनको अगाडि। किनकी एसएसपी हुँदा उनी कंचनपुर गएर हेरेको निर्मला प्रकरण र अहिले आइजी भएर हेर्दा धेरै फरक आइसकेको छ। 'रे'का हल्ला चिरिएका छन्। अनुसन्धानले फेरी प्रहरीले पहिले सार्वजनिक गरेका अभियुक्त दिलिपसिंह विष्टतर्फ नै इंगित गरिरहेको छ। ज्ञवालीलाई निर्मला प्रकरणमा सेफल्यान्ड गर्ने पनि ठुलो चुनौति छ।

मन्त्रिपरिषदको निर्णय : २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell