PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अदालतबाट सोझै कारगारतिरै महरा : डिल्लीबजारमा उनको रिहाईका लागि फूलमाला सहित समर्थक

अदालतबाट सोझै कारगारतिरै महरा : डिल्लीबजारमा उनको रिहाईका लागि फूलमाला सहित समर्थक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अदालतमा रहेका आफ्ना समर्थक र आफन्ततिर फर्किएर मन्द मुस्कानमात्र प्रकट गरे कृष्णबहादुर महराले। धेरैको चासो रहेको मुद्दामा आज जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै थियो। विषय गम्भीर र राजनीतिक क्षेत्रसँग जोडिएकाले धेरैमा चासो हुनु पनि स्वभाविक थियो - फैसलापछि महराले कस्तो 'रियाक्ट' गर्लान्?

थुनामा पठाएको १ सय ३ दिनपछि जबरजस्ती करणी उद्योगको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाए। आज महरा डिल्लीबजार कारागारबाट जिल्ला अदालत पुगेका थिए।

अदालतमा पुग्दा उनको चेहरा खुलेको थियो। सायद, अदालतप्रति उनी निक्कै आशावादी नै थिए। भयो पनि त्यस्तै, हँसिलो मुहार लिएर पुगेका महराले खिन्न भएर फर्किन परेन। अदालतमा पुगेका आफन्त, परिवार, साथीभाइलाई उनले मन्द मुस्कानले मात्र धन्यवाद दिए। हात उठाए अनि गाडीभित्र छिरे।

उनी अदालतबाट बाहिरिँदा ताली बजाउनेहरु धेरै थिए। जिल्ला अदालतबाट उनी उनी सिधै डिल्लीबजार स्थित सदरखोर लागे। १ सय ३ दिनको कारागार बसाई आज टुङ्गोमा पुगेको छ। कानुनी प्रकृया पूरा गरेपछि महरा आज नै कारागारमुक्त हुनेछन्।

डिल्लीबजार कारागार बाहिर पनि शुभचिन्तक उपस्थित छन्। हातमा माला लिएर उनलाई स्वागत गर्नेहरुको भिड नै छ।

जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला सुनाउँदै सफाइ दिने निर्णय सुनाएको हो। न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमबार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको हो।

गत असोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा महरामाथि लागेको थियो। पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो।

सम्बन्धित समाचार

१०३ दिन थुनापछि महरा निर्दोष ! जिल्ला अदालतले दियो सफाइ



ट्रेन्डिङ पोस्ट

Ncell