PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोनाको कहर : एभरेस्ट प्रिमियर लिग स्थगित



मुकुन्द घिमिरे

कोरोनाको कहर : एभरेस्ट प्रिमियर लिग स्थगित

काठमाडौं :  एभरेस्ट प्रिमियर लिग (इपिएल) स्थगित भएको छ। कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै सरकारले सभासमारोह र उत्सव नगर्न आग्रह गरेपछि यो वर्षको इपिएल स्थगित गरिएको हो।

इपियल आयोजना गर्दा धेरै संख्यामा दर्शकहरु उपस्थित हुने र भाइरसको संक्रमण फैलिन सक्ने विषयलाई बुझ्दै सरकार र सरोकारवालासँग छलफल गरेर यसपटकको इपिएल स्थगित गरिएको इपियलका कार्यकारी निर्देशक अमिर अख्तरले बताए।  

इपियल यही मार्च १४ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने तय भएको थियो। यसपटकको इपियलमा क्रिस गेलदेखि विश्वका चर्चित क्रिकेट खेलाडीहरु काठमाडौं आउने तय भएको थियो

इपिएलमा आउने खेलाडीहरु युरोप, दक्षिण एसिया, क्यारेबियन लगायतका क्षेत्रका थिए। यी क्षेत्रहरुमा पनि कोरोनाको असर देखिइसकेको छ। इपिएलमा विदेशी खेलाडी आउने देशमध्ये श्रीलंका, ओमन, अफगानिस्तान, आयरल्यान्ड लगायतका देशमा कोरोनाले असर गरिसकेको छ।

त्यसैले पनि यसपटकको इपियल स्थगित गर्न माग उठ्दै आएको थियो। अख्तरले अनिश्चितकालका लागि इपियलको यो सिजनको खेल स्थगित गरिएपनि अवस्था सुध्रिएपछि नयाँ मिति घोषणा गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell