PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

महामारी नियन्त्रणमा बाँकी विश्वले चीनबाट के सिक्ने?



विधुर ढकाल

महामारी नियन्त्रणमा बाँकी विश्वले चीनबाट के सिक्ने?
Wikipedia maps

काठमाडौं : पछिल्लो तथ्यांक अनुसार हालसम्म चीनबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ४ हजार ३ सय जनाको ज्यान गएको छ। त्यस्तै यसबाट एक लाख १९ हजार ३ सय ७५ जना संक्रमित भइसकेका छन्। संक्रमित मध्ये ४८ हजार ४ सय ९३ जनाको उपचार भइसकेको छ।

संक्रमित र मृतकमध्ये सबैभन्दा धेरै चीनका छन्। चीनभित्र पनि अधिकांश हुवेइ प्रान्तका छन्। चीनमा मात्र तीन हजार १ सय ५८ जनाको ज्यान कोभिड-१९ ले लिइसकेको छ भने ८० हजार ७ सय ८५ जनालाई संक्रमित तुल्याएको छ। हाल चीनमा १६ हजार १ सय २४ जना संक्रमित उपचारकै क्रममा छन्। संक्रमित मध्ये ६१ हजार ५ सय ३ जनालाई उपचारपछि घर फर्काइएको छ। त्यस्तै उपचारमा रहेका ४ हजार ४ सय ९२ जना गम्भीर अवस्थामा छन्।

पछिल्लो २४ घण्टाको रिपोर्ट हेर्दा चीनमा ३१ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै २२ जनाको मृत्यु भएको छ।

चीनमा नयाँ संक्रमण र मृत्यु दर घट्दै जाँदा कोभिड-१९ नियन्त्रण उन्मुख भएको देखिन्छ। यसको सन्देश मंगलवारमात्र चिनियाँ राष्ट्रपति सि जिनपिङले वुहानको भ्रमण गरी दिएका छन्।

यो पनि:

चिनियाँ राष्ट्रपति सिको वुहान भ्रमणको संकेत : के संक्रमण नियन्त्रणतिर पुगेको हो?

आफ्नै भूमिमा उत्पत्ति भएको कोरोना भाइरसबाट संक्रमण घट्दै जाँदा चीनमा 'इम्पोर्टेड केस' (विदेशी भूमिमा संक्रमित भएर आएका)को चिन्ता थपिएको छ।

हाल देखिएका संक्रमितमध्ये विदेशबाट चीन आउनेहरु बढी छन्। यसरी संक्रमित मध्ये ४० प्रतिशत इम्पोर्टेड केस छन्। बुधवार विहानसम्म आइपुग्दा ७९ इम्पोर्टेड केस पत्ता लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो पटक संक्रमितमध्ये ६ जना बेइजिङमा छन्। जसमध्ये पाँच जना इटालीर एक जना अमेरिकाबाट आएका हुन्। त्यस्तै कान्सु प्रान्तमा यस्तै संक्रमण देखिएको छ। सांघाई र सानदोङ प्रान्तमा पनि इम्पोर्टेड केस फेला परेको छ। गान्सुमा इरानबाट आएका लाई क्वारेन्टाइनमा राखिएको छ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका सबै २२ जना हुवेइ प्रान्तकै रहेको बताइएको छ।

यता चीनमा नियन्त्रणउन्मुख रहेको कोभिड-१९ को चपेटामा बाँकी विश्व भने पर्दै गएको छ। मंगलवार इटलीमा हालसम्मकै बढी मृत्युको रेकर्ड हुन पुग्यो। मंगलवार मात्र १ सय ६८ जनाको मृत्यु हुँदा इटालीमा पछिलो दुई सातामा मर्नेको संख्या ६ सय ३१ जना पुगेको छ। यहाँ १० हजार १ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै अमेरिकामा पनि संक्रमण दर बढेको छ। मंगलवार मात्र २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या अमेरिकामा १ हजार १ सय १० पुगेको छ। मृतकको संख्या पनि ३२ पुगेको छ।

जापानमा पनि पनि मंगलवार सबैभन्दा बढी संक्रमणको रेकर्ड भयो। त्यहाँ मंगलवारसम्म ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। १२ जनाको जापानमा मृत्यु भएको छ। डायमन्ड प्रिन्सेस् क्रुजमा संक्रमित ६९६ र चार्टर फ्लाइटमा चीनबाट फर्किएका १४ जना पनि छन्। क्रुजमा रहेका ७ जनाको ज्यान गइसकेको छ।

दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ। २ सय ४२ जना नयाँ केस थपिँदा मंगलवार मध्यरात सम्म ७ हजार ७५५ जनामा संक्रमण देखिएको छ। दक्षिण कोरियामा पाँच दिन देखि संक्रमण घटिरहेको थियो तर, एक्कासी मंगलवार संक्रमण बढ्यो। दक्षिण कोरियामा ६२ जनाको मृत्यु भएको छ।

इरानमा पनि मृतकको संख्या २९१ पुगेको छ। यहाँ ८ हजार ४२ जनामा संक्रमण देखिएको छ। इरान, इटाली, दक्षिण कोरिया लगायतका देशबाहेक पनि मंगलवार अन्य देशहरुमा मृत्यु भएका घटना सार्वजनिक भएका छन्। मंगलवारमात्र मोरोक्कोमा एक जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती व्यक्ति इटालीबाट गत फेब्रुअरीको अन्त्यमा मोरोक्को फर्किएको बताइएको छ।

त्यस्तै पानामामा पनि पहिलो मृत्यु पुष्टि भएको छ। बेलायतमा संक्रमितको संख्या ३८३ पुगेको छ। जसमध्ये त्यहाका स्वास्थ्य मन्त्री नाडिन डोरिज पनि एक हुन्। उनमा संक्रमणको पुष्टि भएसँगै चिन्ता थपिएको छ। उनले गत साता मात्र संसदमा सहभागी थिइन्। त्यस्तै उनले १०० बढी मानिसँग भेट गरेको प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रिसेप्सनमा पनि सहभागी भएकी थिइन्।

मंगलवार मात्र यहाँ मृत्यु हुनेको संख्या ६ पुगेको छ।

कोभिड-१९ नियन्त्रणका लागि चीनबाट के सिक्ने?

अहिले विश्वभर फैलिएको कोरोनाको चपेटामा एक लाख १९ हजार २ सय ४३ जना परिसकेका छन्। कोभिड-१९ विरुद्ध जुधिरहेका देशहरुलाई चीनबाट एउटा पाठ पनि हुन सक्छ, त्यो हो भाइरसको नि:शुल्क परीक्षण। कोरोना भाइरसको परीक्षण महँगो छ।

१ सय २० देशमा फैलिएको कोरोना भाइरसको संक्रमण परीक्षणका लागि स्वयं व्यक्तिलाई मूल्यभार पार्ने हो भने यसको नियन्त्रण कठिन छ।

अमेरिकाले संक्रमण बढ्दै जाँदा स्वास्थ्य सुविधामा रहँदै आएका केही प्रावधान हटाएको छ, जसले स्वास्थ्य परीक्षणमा अवरोध गरिरहेको थियो। एउटा व्यक्तिमा कोरोना भाइरसको परीक्षणका लागि ५३ अमेरिकी डलर (६ हजार तीन सय ६ रुपैयाँ बराबर) पर्छ। यो मूल्य चीनको हो। चीनकै दक्षिणी शहर सनचनमा एक व्यक्तिको उपचारका लागि वृद्ध भए २३ हजार युआन (२ लाख २२ हजार रुपैयाँ बराबर) र सामान्य अवस्थाका विरामीको उपचारका लागि ५ हजार ६ सय युयान (९५ हजार ८ सय रुपैयाँ बराबर) पर्न आउँछ।

त्यस्तै, विरामीको उपचारका लागि रगत, अक्सिजन लगायतका सामाग्रीको पनि आवश्यक पर्छ जुन महँगो छ। ती खर्च सबै सरकारले नै व्यहोरिरहेको छ। चीन सरकारले अत्यावश्यक सामाग्रीमा अनुदान लगायतमा १ खर्ब १० अर्ब ४८ करोड युआन बराबरको चीन सरकारले खर्च गरेको छ।

अमेरिकाले पछिल्लो पटक कोरोना भाइरसको परीक्षणका लागि तोकिएका प्रयोगशालामा शूल्क नलाग्ने व्यवस्था गरे पनि यात्राको खर्च बढी नै लाग्ने देखिन्छ। अमेरिकी एक अध्ययनले मार्च १ सम्ममा अमेरिकामा मात्रै ९ हजारभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण भइसकेको हुनसक्ने जनाएको छ। जुन हाल सार्वजनिक भएभन्दा झण्डै १० गुणा बढी हो।

'यसले के देखाउँछ भने कोभिड-१९ महामारी विरुद्ध लड्ने अवसरको ढोका बन्द भएको छ,' सेडार-सिनाइका अनुसन्धानकर्ताले भनेका छन्, 'कोभिड-१९ का अधिकांश केसहरु सामान्य लक्षण वा लक्षणविना पनि देखिएका छन्। यसले भाइरस भित्रभित्रै फैलिएको छैन भन्न सकिन्न।'

सोमवारमात्र अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको प्रयोगशालामा एक हजार ७ सय ७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। यो संख्या तल्ला तहका प्रयोगशालामा अझै कम छ। तर, संक्रमित हुन सक्नेको संख्या बढी देखिन्छ। अध्ययनले एक हजार ४३ देखि ९ हजार ४ सय ८४ जना मानिसमा संक्रमण फैलिएको हुनसक्ने देखाएको छ। कोरोनाको परीक्षणलाई सर्वसुलभ बनाउनुपर्ने रिपोर्टमा उल्लेख छ।
'रोग विरुद्ध लड्नका लागि सार्वजिनक स्वास्थ्यमा नियन्त्रण गर्नु नै प्रमुख उपाय भएको हाम्रो अनुसन्धानले देखाएको छ,' अनुसन्धानकर्ताहरुले भनेका छ। उनीहरुले सामाजिक दुरी बढाउँदै ठूला सभा समारोहहरुमा सहभागी नहुनसमेत सुझाव दिएका छ जुन उपाय चीनले शहरलाई नै लकडाउन गरेर अपनाइसकेको हो। जसको नतिजा देखिन थालेको छ।

यता दक्षिण कोरियामा मंगलवार सात हजार ५ सय १३ जना विरामी छन्। गत जनवरीमा त्यहाँको सरकार र विमा कम्पनीहरुले कोभिड-१९ को परीक्षण, आइसोलेसन तथा उपचारको खर्च व्यहोर्ने घोषण गरेका थिए। त्यस्तै प्रयोगशालाको क्षमतासमेत बढाइएको छ। हाल दक्षिण कोरियामा प्रति दिन १५ हजार मानिसको कोरोना भाइरसको परीक्षण गर्न सम्भव छ। जापानले कोभिड-१९ लाई फेब्रुअरीमा गम्भीर प्रकृतिको रोगमा राख्दै उपचारका सबै खर्च सरकारले व्यहोर्ने घोषणा गरेको छ।

त्यस्तै, बेलायतमा १८ हजार मानिसमा कोरोना भाइरसको परीक्षण निशुल्क गरिएको छ। जसमध्ये ३ सय ७३ जनामा संक्रमण देखापरेको छ।

हङकङको सीटी युनिभर्सिटी जोकेयी क्लब कलेज अफ भेटेनरी मेडिसिन एण्ड लाइफ साइनसको वन हेल्थका अध्यक्ष प्रध्यापक डिर्क प्फेइफ्फेरले महामारी नियन्त्रणका लागि मानिसहरुको अर्थिक अवस्था बाधक बन्न सक्ने बताए।

'यो स्पष्ट छ कि यदि स्वास्थ्य परीक्षणको पैसा तिर्नुपर्छ भने सामान्य लक्षण देखिएका मानिस जसको आर्थिक अवस्था कमजोर छ, स्वास्थ्य केन्द्र पुग्न डराउनेछन्। यस्तो अवस्थामा त्यहाँ कोही रोगी हुनसक्छ। यसले महामारी फैलिन सक्छ,' उनले भनेका छन्।

यस्तो अवस्थामा सबै देशहरुमा आक्रमक परीक्षण सम्भव नहोला त्यसैले सामाजिक दुरी कायम गर्नु उत्तम उपाय हुनसक्ने उनको तर्क छ।

'मलाई यो लाग्दैन कि धेरै देशमा ठूलो संख्यामा परीक्षण हुने छ। जहाँ यो सम्भव छ त्यहाँ पनि यो पूर्ण रुपमा सबै जनसंख्याबाट निरुपण हुन सक्दैन्,' उनले भनेका छन्, 'त्यसैले पनि परीक्षण जोखिमताको आधारमा हुनु पर्छ। यदि कोही संक्रमित व्यक्तिको सम्पर्कमा गएको भए परीक्षण गरिहाल्नुपर्छ।'

उनले प्रजातान्त्रिक समाजमा सामाजिक दुरी चीनको जस्तो नभइ स्वेच्छिक हुने तर्क गर्दै चीनमा परीक्षण महामारी रोग नियन्त्रण कानुन अनुसार अनिवार्य भएको जनाए।

'चीन र अन्य देशबीचको यही भिन्नताले पनि अन्य देशमा महामारी नियन्त्रणमा समय लाग्न सक्छ,' उनले भने।

चाइनिज एकेडेमी अफ सोसल साइन्सको इन्स्टिच्युट अफ अमेरिकन स्टडिजका निर्देशक नि फङले चीन र अमेरिकाको पृष्ठभूमि भरक भएकाले दुवैले फरक उपाय अपनाउन सक्ने बताए। तर, पनि महामारी नियन्त्रणमा चीनले हात पारेको सफलता दुवै देशले मिलेर काम गर्न सक्ने उत्तम अवसर हुन सक्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell