PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

कोरोनाविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रबीच भिडियो सम्वाद, प्रधानमन्त्री ओली पनि सहभागी हुने



पहिलोपोस्ट

कोरोनाविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रबीच भिडियो सम्वाद, प्रधानमन्त्री ओली पनि सहभागी हुने
फाइल फोटो

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका विषयमा साझा धारणा तय गर्न सार्क राष्ट्रध्यक्ष/प्रतिनिधिबीच आज भिडियो सम्वाद हुँदैछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सम्वाद हुन लागेको हो। नेपाली समकक्षी केपी शर्मा ओलीले यसअघि नै मोदीको प्रस्तावको स्वागत गरिसकेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री सम्वादमा सहभागी हुने बताए।

कोरोनाको संक्रमण बढिरहेका बेला मोदीले सम्वादका लागि आह्वान गरेका थिए। आइतबारको सम्वादमा कोरोनाविरुद्धको साझा रणनीतिमा छलफल हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बताए। संक्रमणबाट बच्न कसरी अघि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुने भट्टराईले बताए।

पछिल्लो समय भारत पाकिस्तान द्वन्द्वका कारण सार्क करिब निष्क्रिय छ। चार वर्षयता शिखर सम्मेलन हुन सकेको छैन। तर, कोरोना संक्रमणविरुद्ध साझा रणनीति तय गर्न भने सबै मुलुक एक ठाउँमा उभिन लागेका हुन्। पाकिस्तानले पनि सम्वादमा सहभागिता जनाउँदै छ ।

पढ्नुस्ः मोदीको प्रस्तावमा पाकिस्तान पनि सकारात्मक, आज सार्क राष्ट्रका नेताहरुबीच भिडियो कन्फ्रेन्स हुने

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता आइशा फारुकीले ट्वीटरमार्फत कोरोना भाइरसविरुद्ध लड्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समन्वयको आवश्यकता रहेको बताउँदै भिडियो कन्फ्रेन्समा सहभागी हुन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिइसकेको जानकारी दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell