PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

के हो होम क्वारेन्टाइन, के हो आइसोलेसन?



फूलमाया पुरी

के हो होम क्वारेन्टाइन, के हो आइसोलेसन?
नेपाली सेनाको मुख्यालय सुन्धारामा कोभिड १९ बाट बच्न पूर्व तयारी स्वरुप सेनाले तयार पारेको क्वारेन्टाइन क्याम्प। फाइल फोटो

काठमाडौं : कोभिड-१९ को संक्रमणले विश्व चपेटामा पर्दै गर्दा नेपालमा पनि तयारी र सतर्कता अपनाइएको बताइएको छ।

कोभिड -१९ का कारण हालसम्म २ लाख १८ हजार ८ सय १५ जना संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या ८ हजार ८ सय १० पुगेको छ। चीनमा तीन हजार दुई सय ३१ जनाको मृत्यु भएको छ। पछिल्लो समय युरोपलाई केन्द्र बनाएर कोभिड-१९ को संक्रमण फैलिरहेको छ।  

नेपालमा सतर्कता अपनाउँदै गर्दा क्वारेन्टाइन र आइशोलेसनको चर्चा भइरहेको छ। के हो होम क्वारेन्टाइन के हो आइशोलेसन?

होम क्वारेन्टाइन

शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट, मेडिसीन अनुप बास्तोलाका अनुसार कोरोना भाइरस संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुले घरभित्रै बस्ने, परिवार र समाजको दुरीमा रहेर बस्नुलाई होम क्वारेन्टाइन भनिन्छ। जसमा परिवारका सदस्यहरुसंग दुरी बढाउने। मास्क लगाउने। साबुन पानीले लगातार हात धुने जस्ता कार्य पर्दछन्।

त्यस्तै होम क्वारेन्टाइनमा बस्ने व्यक्तिले परिवारका अन्य सदस्यहरुले प्रयोग गर्ने सामाग्रीलाई प्रयोग गर्नु हुँदैन्। क्वारेन्टाइनमा बसेका व्यक्तिले प्रयोग गरेका सामाग्रीसमेत अन्य सदस्यले प्रयोग गर्नु हुँदैन। मोबाइल साट्ने गर्नुहुदैन भने टिभीको रिमोर्ट पनि सकेसम्म नछुने जस्ता कार्यहरुमा ध्यान दिनुपर्ने उनले बताए।

यो पनि : टेकुमा कोरोना फोबिया : निमोनियाका बिरामी पनि कोरोना भन्दै रिफर, यस्तो छ अस्पतालको तयारी

सकभर शौचालय पनि एउटै प्रयोग गर्नु हुँदैन। एउटै प्रयोग गर्नुपर्ने अवस्थामा प्रयोग गरिसकेपछि पूर्ण रुपमा डिस्इन्फेक्ट गर्नुपर्ने हुन्छ। क्वारेन्टाइनमा बसेको अवधिभर (अहिले भनिएको १४ दिन) घरबाट बाहिर निस्कनु हुँदैन। समाजमा घुलमिल हुनबाट टाढा बस्नुपर्ने पनि बास्तोलाले बताए। होम क्वारेन्टाइनको प्रचलन सामाजिक दुरी बढाउनकै लागि भएको हो। यसले संक्रमितबाट स्वस्थ मानिसमा संक्रमण सर्ने सम्भावना हुँदैन।

क्वारेन्टाइनमा बस्ने क्रममा संक्रमणका लक्षणहरु देखा परे स्वास्थ संस्थामा स्वास्थ्य जाँच गराउनु पर्ने उनले सुझाव दिए।

आइसोलेसन

रोग ग्रस्त क्षेत्रबाट आएका ती व्यक्तिहरु जसलाई माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा त्यस्ता व्यक्तिहरुलाई राखिने ठाउँ नै आइसोलेसन भएको बास्तोलाले बताए।

उनी भन्छन्, 'जसको नमुना संकलन गरी कोभिड १९ को परिक्षण गरिन्छ र रिपोर्ट नआउँदा र यदि पोजेटिभ आएमा उपचार गरेर राखिने ठाउँ आइसोलेसन वार्ड हो।'  यो वार्ड पूर्ण रुपमा अन्य व्यक्तिको पहुँच हुँदैन।

टेकु अस्पतालमा हालसम्म पाँचवटा आइसोलेसन वार्ड रहेका छन्। उक्त वार्डमा हालसम्म ४३ जनालाई आइसोलेसनमा राखेर उपचार गरिसकेको उनले बताए। 'यहाँ उपचार गर्ने र उनिहरुको र्‍यालको नमुना परिक्षण गरिएको हो। कतिपयलाई भने निमोनिया पनि देखिएको छ,' उनले भने। त्यस्तालाई बाहिर वार्डमा राखेर पनि उपचार गरिएको उनले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म जतिपनि आइसोलेसनमा बसेका छन् सबैको रिपोर्ट नेगेटिभ छ। 'अहिलेसम्म रोगग्रस्त क्षेत्रबाट आएका व्यक्ति वा उसका सम्पर्कमा आएका जसलाई लक्षण देखिएको छ, उनिहरुलाई नै आइसोलेसनमा राखिने मापदण्ड छ' उनले भने।

त्यसै गरी अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी भन्छन्, 'आइसोलेसनमा व्यक्तिबाट अर्को व्यक्तिमा सम्पर्क कम हुन्छ। भने जहाँ अक्सिजनको सुविधा छ।' जुन अस्पतालमा तालिम प्राप्त चिकित्सकहरु उपलब्ध छन् र त्यहाँ पनि कोभिड १९ को लक्षण देखा परेका व्यक्तिहरुलाई राख्न सकिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell