PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अफवाहको अभियोगमा पक्राउ परेका युवकले भने : पेजमा 'रिच' बढाउन अडियो बनाएँ



पहिलोपोस्ट

अफवाहको अभियोगमा पक्राउ परेका युवकले भने : पेजमा 'रिच' बढाउन अडियो बनाएँ

काठमाडौं: कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको अभियोगमा पक्राउ परेका युवकले आफूले 'पेजमा रिच बढाउन' फेक अडियो बनाएको स्वीकारेका छन्।

केन्द्रीय साइबर व्यूरोको टोलीले शनिवार रामेछाप खाँडादेवी गाउँपालिका घर भइ हाल भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको थियो। उनले सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ।

प्रहरीको प्रारम्भीक बयानमा थापाले संचालन गरेको पेजमा रिच र इन्गेजमेन्ट वृद्धि गर्न भ्रम र अफवाह फैलाएको स्वीकारेको प्रहरीले जानकारी दिएको छ। युवकले भने जस्तो घटना अस्पतालमा नभएपछि प्रहरीले उनलाई खोजी गरेको थियो। थापाले झोर्लेन्युज डट कममा राखेका थिए।

त्यस्तै, पछिल्लो समयमा कोरोना सम्बन्धि अफहवा फैलाउने मानिसलाई प्रहरीले निगरानी गरिरहेको छ। त्यस्तै ( शनिवार) कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने अफहवा फैलिएकोले प्रहरीले खोजी गरिरहेको छ।

कोही कसैले अफहवा फैलाए त्यस्ता मानिसलाई क वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था छ।

'कोरोनाको कारण मानिसको मृत्यु भएको' भन्दै अफवाह फैलाउने युवक पक्राउ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell