PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अमेरिकाले आफ्ना नागरिकको काठमाडौंबाट गर्‍यो उद्धार - उडे ३ सय अमेरिकन, धारचुलामा भने नेपाली सीमामै अलपत्र

अमेरिकाले आफ्ना नागरिकको काठमाडौंबाट गर्‍यो उद्धार - उडे ३ सय अमेरिकन, धारचुलामा भने नेपाली सीमामै अलपत्र

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : महाकाली नदीमा देश छिर्न पाउँ भन्दै नेपालीहरु नारावाजी गरिरहँदा अमेरिकाले भने आफ्ना ३ सय नागरिकलाई काठमाडौंबाट उद्धार गरेको छ।

अमेरिकन दूतावासको समन्वयमा मंगलबार दिउँसो २:३५ मा कतार एयरवेजको चार्टर विमानबाट अमेरिकी नागरिकलाई स्वदेश फर्काइएको हो।

‘अमेरिकी राजदूतावास र नेपाल सरकारको समन्वयमा हिजोमात्र निर्णय भएपछि कतार एयरवेजले आज चार्टर उडान गरेको छ। सरकारी निकायसँगको सबै अनुमति लिएपछि दूतावासको अनुरोधमा चार्टर उडान गरेको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले भने।

विमानस्थलका अनुसार यो जहाजले दोहासम्म उडान गर्नेछ भने दोहाबाट कतार एयवेजकै एयरबस ३३० जहाजमार्फत् ती यात्रुलाई वासिङटन पुर्‍याइनेछ।

यो पनि पढ्नुस : 

धारचुलामा नेपालीको चित्कार सिंहदरबारले सुनेन, भारतले गर्‍यो ८ सयलाई खानबस्न व्यवस्था

यतिखेर विभिन्न मुलुकका राजदूतावासले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आफ्ना नागरिक भेला पार्दै स्वदेश फिर्ता गराउँदै आएका छन्। यस अघि कतार एयरवेजको चार्टर फ्लाइटमार्फत् युरोपियन मुलुकका करिब हजार नागरिकलाई उनीहरुको देश लगिएको थियो।

अमेरिका र युरोपेली मुलुकहरुले आफ्ना नागरिकप्रतिको जिम्मेवारी पूरा गरिरहँदा नेपाल र भारतको दशगजामा हजारौं मानिस अलपत्र अवस्थामा छन्। दुवै देशले आफ्ना नागरिक भित्र्याउन चाहिरहेका छैनन्।



ट्रेन्डिङ पोस्ट

Ncell